×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राप्रपाका कारण यता न उताको भए’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘राप्रपाका कारण यता न उताको भए’

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पूर्ण रुपमा पारित नहुने भएको छ । सत्तारुढ दल राप्रपाका कारण विधेयक फेल हुने अवस्थामा रहेको प्रधानमन्त्री प्रचण्डले जनजाति महासंघका पदाधिकारीहरुलाई बताए ।
बिहीबार नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भेटवार्ता गर्दै प्रचण्डले राप्रपाका कारण विद्येयक पारित गराउँन आफूहरु असक्षम भएको  बताएका हुन् । ‘उनीहरुले विद्येयक पारित गराउँन कुनै पनि हालतमा मञ्जुर छैनन् । त्यसैले यसका बाबजुद हामी विधेयक पारित गराउँन मतदानतिर लम्कियौँ भने उनीहरुले विपक्षमा मतदान गर्छन् ।’ प्रधानमन्त्री प्रचण्डले भनेे,‘राप्रपाका कारण यता न उताको भएका छौँ ।’
यी सबै कुरा जान्दा जान्दै संशोधन विधेयक पारित गर्ने विषयमा बुद्धिमानी ढङगले अघि बढ्ने बताए । चाँडो भन्दा चाँडो निर्वाचनमा नहोमिए ०४७ सालको संविधान उल्टिन सक्ने बताउँदै प्रचण्डले निर्वाचनतिर अघि बढिसकेको समेत बताए ।
बालुवाटार भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष आदिवासी जनजातिका प्रतिनिधिहरुले आफ्ना विभिन्न सर्तहरु राखेका थिए । आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई दायाँबायाँ नगर्न उनीहरुले सुझाव दिएका थिए । त्यस्तै,जनजाति मन्त्रालय गठन गर्न, पहिचान बोकेको क्षेत्रलाई यथावत राख्न लगायतका मागहरु प्रचण्ड समक्ष राखेका थिए ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: