
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डमा विचलन आएको भन्दै उनका सुरक्षा गार्ड विप्लव माओवादीको पार्टीमा प्रवेश गरेसँगै एकीकृत माओवादी वृत्तमा हल्लिखल्ली मच्चिएको छ ।
प्रचण्ड बाबुरामलाई धोकेबाज र आत्मसर्मपणवादी भएको ठहर गर्दै पूर्वजनमुक्ति सेनाका कमाण्डर समेत रहेका सोम राई अर्थात सुर्दशन सहितका दर्जनौ नेता कार्यकर्ता एकीकृत माओवादी पार्टी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरेका हुन ।
सुदर्शनसहित विप्लव माओवादी पार्टी प्रवेश गर्नेहरुमा इन्द्र तामाङ, प्रसिद्ध तामाङ, सैजाद खान, ताज आलम र पूर्ण गुरुङ लगायत छन । सुर्दशन गोर्खा याक्सन मार्सल आर्टका अन्तराष्ट्रिय महासचिव समेत हुन । उनी लगायतका आधा दर्जन खेलाडी तथा नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेसँगै माओवादी वृत्तमा हल्लीखल्ली मच्चिएको छ ।
सुदर्शन जनयुद्धको समयमा र शान्ति प्रक्रियापछि पनि प्रचण्डको सुरक्षा गार्ड रहेका थिए । प्रचण्डमा बिचलन आएको ठहर सहित उनी मात्रिका यादवले नेतृत्वको माओवादीमा प्रबेश गरेर पूर्वी नेपालको कमाण्ड समाल्दै आएका थिए । पछि मातृका यादव समेत प्रचण्ड नेतृत्वकै माओवादीमा विलय भएसँगै उनले नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र नेपालका दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले आफूहरु विप्लव माओवादीमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘प्रचण्ड–बाबुरामले दिएको धोका र गद्दारीका कारण माओवादी पार्टीमा देखा परेको विभाजन र विघटनको क्रममा मातृका यादवको नेतृत्वमा विद्रोह गरी धनकुटा हुँदै पूर्वी नेपालमा माओवादी पार्टीको पुर्नगठन अभियानमै रहँदा मात्रिका यादव समेत विचलन देखापरी पाटीभित्र आवश्यक छलफलनै नगरी प्रचण्डको आत्मसमर्पणवादी धारमा पलायन भएपछि हामी स्वतन्त्र रहयौँ’ जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ – ‘कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आजको उत्तम विकल्प रहेको निष्कर्षसहति हामी आजैको मितिदेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छौँ’

– एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्