
काठमाडौँ – गभ्भीर विषयबस्तुमा छलफल गर्नका लागि डा बाबुराम भट्टराई प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगेका थिए । तर त्यहाँ भयो उल्टो । नपाउनेले के पायो वोक्रासँगै चपायो भनेजस्तो ।
संसदमा रहेका दलहरुले मात्रै देशैभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन भन्दै डा वावुराम भट्टराई केही साना दलका नेताहरुलाई पछाडि लगाएर हिजो साँझ वालुवाटार पुगेका थिए ।
तर,त्यहाँ भयो उल्टो बल्ल तल्ल वालुवाटार पस्न पाएका र त्यो माथि मुलुकका कार्यकारी प्रमुखसँग भेट्न पाए पछि के चाहियो । ज्ञापनपत्र बुझाउन पुगेका साना दलका नेताहरुले आफू त्यहाँ जानुको उदेश्य विर्सिए र प्रधानमन्त्री दाहालसँग सेल्फी खिचाउन व्यस्त देखिए ।
हिजो साँझ बालुवाटारमा संयुक्त ज्ञापनपत्र बुझाउन पुगेका साना दलका नेताले प्रधानमन्त्रीलाई सेन्टर पारेर सेल्फी खिचे । सभ्भवत यही फोटो देखाएरु उनीहरुले आफ्नो प्रधानमन्त्रीसँग बाक्लो सम्बन्ध रहेको फुर्ति लगाउन भ्याउलान । उनीहरुले नयाँ शक्ति नेपालका संयोजक रहेका डा भट्टराई प्रधानमन्त्री दाहालसँग सम्वाद गर्नमा व्यस्त रहेका बेला प्रधानमन्त्रीका दाया र बायातर्फ रहेका नेता भने सेल्फी लिन मस्त देखिएका थिए ।
साना दलले ज्ञापनपत्र बुझाउँदै संसदमा रहेका दलहरुले मात्रै देशैभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीले ऐनमा भएको व्यवस्था परिवर्तन गर्न संसदमा बहुमत चाहिने र त्यसका लागि प्रमुख राजनीतिक दलबीच समझदारी हुनुपर्ने भएकाले यस विषयमा तुरुन्तै नेपाली कांग्रेस, एमालेसहितका पार्टीसँग छलफल गर्ने बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
– एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्