Skip to content
LAXMI SUNRISE BANK

नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा

अर्थ सरोकार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतीय भ्रमणका क्रममा भएको द्वीपक्षीय वार्ताका क्रममा मोदीले नेपाललाई सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । 

२ खर्ब ४० अर्ब रुपैयाँ भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिए पनि सोमध्ये कति सहुलियतपूर्ण ऋा र कति अनुदान भन्ने खुलाइएको छैन । 

स्रोतका अनुसार नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ ऋण र १ खर्ब भारतीय रुपैयाँ अनुदान दिन अनुरोध गरेको थियो । सोही अनुरोध अनुसार भारतले नेपाललाई सो रकम सहयोग गर्ने घोषणा गरेको बताइएको छ । 

सो रकम रसुवा बाढीपछिको पुनर्निर्माण, बुटवल-पोखरा एक्सप्रेस वे निर्माण लगायतका आयोजनामा प्रयोग गरिनेछ । तर, कुन परियोजनामा कति रकम प्रयोग गरिने भन्ने खुलाइएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK