Skip to content
LAXMI SUNRISE BANK

प्रचण्ड सरकार मोदीको निर्देशनमा बनेको सरकार हो : नेता गजुरेल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको सरकार भारतको कठपुतली सरकार भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले प्रचण्ड नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेको र कञ्चनपुर घटनामा मौन रहनुले स्पष्ट भएको भन्दै भारत भक्ति देखाउनैका लागि केही नबोल्नुले समेत कठपुतली भएको सबैका अघि प्रष्ट भएको बताए ।
भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिक्किमिकरण तर्फ जाने भन्दै उनले नेपाल र नेपाली प्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्नेमा जोड दिए । सरकारले पश्चगामी संबिधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित रहेको गजुरेलले जिकिर गरे ।
नेपालीेले त्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्ति तर्फ धकेल्ने काम भएको भन्दै गल्ती संबिधान जारीमै भएकाले यसलाई सुधार गर्न संबिधान खारेज गरि नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैं राजनीतिक संक्रमण ब्यहोर्नु पर्ने उनले बताए । गजुरेलले सप्तरीमा जसरी सरकारले नेपाली नागरिकको हत्या गर्यो सरकारलाई दिएको समर्थन फिर्ता लिन मोर्चाले एक हप्ते अल्टिमेटम दिनु भनेको दिल्लीे आदेशको पर्खाई भएको भन्दै आफैले सम्र्थन गरेको सरकारले नै हत्या गर्नुलाई कसरी हेर्ने भनि प्रश्न गरे ।
वर्तमान सरकार भ्रष्टाचार, कालो बजारी, घुसखोरी र तस्करहरुको संयोजनमा निर्मित छदैं थियो यसमा झनै पञ्चेहरुको आगमनले यो सरकारको स्वरुप नेपाली माझ स्पष्ट पारिदिएको गजुरेलको टिप्पणी छ । उनले प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेको पछिल्लो समयमा एनसिएलको कर छलीलाई दिन लागेको छुट र कुनै पनि मन्त्रालयका सचिवले सम्र्थन नगर्दा समेत जसरी पनि छुट दिलाउन लागि परेको भन्दै इतिहासकै कमिशन खोरी सरकार र त्यसको नेतृत्व प्रचण्डले गरिरहको आरोप लगाए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK