×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताभर बजार ६.८१ अंकले ओरालो लाग्यो, कारोबार रकममा ५०% को जम्प

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साताभर बजार ६.८१ अंकले ओरालो लाग्यो, कारोबार रकममा ५०% को जम्प

Artha Sarokar

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौँ – साता भरमा सेयर बजार ६.८१ अंकले घटेको छ । कारोबार रकम भने ५०.१५ प्रतिशतले बढेको छ । सुचक १३४७.५३ अंकमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताभर ९ समुहको कारोबार भएकोमा ७ समुहका सेयर मूल्यमा गिरावट आएको छ । जलविद्युत समुह १२.८९ अंकले बढेको छ ।
पहिलो दिनको कारोबारको तुलनामा उत्पादनमूलक समुहको सूचक सबैभन्दा बढि १९.७ अंकले घटेको छ । बिमा १८.८७, जलविद्युतत १२.८९, विकास बैंक १०.९५, होटेल ८.१४, बाणिज्य बैंक ७.८७ र अन्य १.४७ अंकले घटेको छ ।
नेप्सेमा १६५ कम्पनीको शेयर खरीदबिक्रि भएका छन् । १८ हजार ५३३ कारोबारमा दुई अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । कुल ४५ लाख ७६ हजार २२० कित्ता शेयर खरीदबिक्रि भएका हुन्, जुन अघिल्लो साताको तुलनामा ५०.१५ प्रतिशतले बढि हो ।
शेयर संख्याका हिसाबले ग्लोबल आइएमई बैंकको सबैभन्दा बढि कित्ता किनबेच भएको छ ।  बैंकको ६ लाख ८० हजार कित्ता शेयर २७ करोड ३९ लाख १० हजार रुपैयाँमा खरीद बिक्रि भएको हो । साताभर चार दिन मात्र शेयर बजारमा किनबेच भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी