
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि संयुक्त अरब ईमिरेट्स ९युएई० का राजदूत सइद अल नक्वीबीच शिष्टाचार भेट भएको छ । मंगलबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यूएई र नेपालबीच सुमधुर सम्बन्ध रही आएको बताउँदै यस क्रममा युएईबाट बिभिन्न क्षेत्रमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
हालै आफ्नो युएई भ्रमणका क्रममा प्राप्त सदभावप्रति आभार व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले उक्त भ्रमणका क्रममा अगाडि बढाइएका दुई देशबीचका विभिन्न कार्यलाई गति दिन युएईबाट पनि उच्च स्तरको भ्रमणको अपेक्षा गरिएको जानकारी बताए। भेटका क्रममा राजदूत सइदले नेपाल सरकार र नेपाली जनताबाट पाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपालको विकास र भौतिक पूर्वाधारको क्षेत्रमा युएईबाट लगानीको प्रतिवद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्