×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघ काठमाडौँको निर्वाचन : ‘निरङ्कुशतन्त्र’ र ‘पंचायती व्यवस्था’को झल्को !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पत्रकार महासंघ काठमाडौँको निर्वाचन : ‘निरङ्कुशतन्त्र’ र ‘पंचायती व्यवस्था’को झल्को !

Artha Sarokar

१३ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हुन त चुनाव भनेपछि सानातीना धाँदली भइनैहाल्छ । धाँदली सकेसम्म सबै पक्षले गर्न खोज्छन् पनि । अलि अलि कमजोरी हुनुपनि ठुलो कुरा होइन । तर नेपाल पत्रकार महासंघ काठमाडौँ साखाको निर्वाचनमा अलि बढीनै कमजोरीहरु देखिए । चुनाव आयोजकदेखि उम्मेदवारहरुको कमजोरीका कारणमात्र होइन, नेतृत्वको रैबैया, मतदानमा कमजोरी, दमन गरेरै अगाडी बढ्छु भन्ने प्रवृति, महासंघका पधाधिकारीहरुले जे गरेपनि हुन्छ भन्ने शैली लगायतका कामहरुले निर्वाचनमा निरङ्कुशतन्त्र र पंचायती व्यवस्थाको झल्को देखिएको थियो ।

दुवैतर्फ धाँदलीको प्रयास !  
चुनावमा सकेसम्म धाँदली गर्न खोज्ने प्रवृति दुवैतर्फ हावी हुनु सामान्य हो । काठमाडौँ साखामा पनि त्यस्तै प्रवृति देखियो । जनदिशा साप्ताहिक शाखा र रेडियो मिर्मिरे शाखाबाट सदस्यता हस्तान्तरण गरेका २२ जनाको सदस्यता रोकेर ‘भोटिङ राइट’ हनन् गरिएको आरोप प्रेस सेन्टर निकटका पत्रकारहरुको छ । रोस्टरमा रहेका ५ जनालाई ललितपुर सारेको र नविकरण छुटेको भन्दै अन्तिम नामावलीमा ६ जनाको नामावली थपेका कारण महासंघका केन्द्रिय अध्यक्ष र महासचिवमाथि नैतिक प्रश्न उठेको छ । यस्तो गरिनाले समग्र नातिजामै असर पारेको समेत उनीहरुको दावी छ । 
केहि सदस्यताको विषयमानै सहमत भएर जाने कि नजाने भन्ने विषयमा छलफल भैरहंदा पनि असहमतिकै बीच छलफलकै बीचमा मतदान सुरु गरिएको प्रेस सेन्टरका पत्रकारहरुको आरोप छ । ‘हाम्रा प्रतिनिधिले कार्ड बनाएर बुथमा पुग्दा दुई बुथमा गरेर ६० भन्दा माथि भोट खसीसकेको थियो । फर्जी मत देखेकाले स्वयम् म प्रतिनिधि नभए पनि बुथसम्म पुगे र फर्जी मत रोक्न लागे बुथ बाहिरपनि फर्जीविरुद्ध संघर्ष चल्यो त्यसपछि फर्जी रोकियो तर ६० मध्ये ३७ देखि ४४ फर्जी मत खसीसकेको थियो । दाेस्राे बुथमा राेक्न अलिक टाइम लाग्याे । प्रतिनिधि सुरुमा नपुग्नु हाम्रो पक्षको कमजोरी हो । मात्र ३७ वटा सुरुका फर्जी रोकेको भए अध्यक्षतामा २३ मतको अन्तर अर्थात बुदाँ नम्बर २ को पनि जोड्ने हो भने ३९ मतको अन्तरले हाम्रो सिंगो प्यानलको जित थियो ।’ प्रेस सेन्टरमा आवद्ध पत्रकार टेक बहादुर रोकालेले आफ्नो फेसबुकमा लेखेका छन् ।
यता प्रेस सेन्टर र प्रेस युनियन लगायतको गठबन्धनमा बनेको प्यानललाइ जिताउन समेत धाँदली भएको आरोप लागेको छ । पत्रकार महासंघका केन्द्रीय महासचिवले नै कार्डको कुरामा अनावश्यक निहुँ खोजेको, छानीछानी आफ्ना मान्छेहरुलाई मात्र मतदान गर्न पठाएको आरोप प्रेस चौतारी निकट केहि पत्रकारहरुले लगाएका छन् । ‘मैले हस्ताक्षर गरेकाहरुले मात्र भोट हालेका छन् भनेर उजिर मगरले भनेको मेरै कानले सुनेको छु ।’ प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार मोहन वास्तोलाले राम कृष्ण अधिकारीको फेसबुक स्ट्याटसमा कमेन्ट गरेका छन् ।
यता आफ्ना उम्मेदवारहरुलाई बाहिर राखेर आफ्नो मत गनेको र केहि मत जानीजानी प्रेस सेन्टर निकटका पत्रकारहरुले बदर गराएको क्रान्तिकारी पत्रकार संघमा आवद्ध पत्रकारहरुले आरोप लगाएका छन् । ‘भित्र प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका प्रतिनिधि राखियो । क्रान्तिकारी पत्रकार संघका प्रतिनिधि जन्मदेव जैशीलाइ भित्र छिर्न दिइएन । महिलातर्फ उठेकी दिया चन्दका १५ बढी मत बदर गरेपछि मात्र क्रान्तिकारी पत्रकार संघका प्रतिनिधिलाई भित्र पठाइएको संघनिकट केहि पत्रकारहरुले आरोप लगाएका छन् ।  

प्रहरीलाई हात हाल्न लगाइयो !
यता क्रान्तिकारी पत्रकार संघका सदस्य धनन्जय बुढाले उजिर मगरको ठाडो निर्देशनमा प्रहरीलाई आफुलाई हात हाल्न लगाएको आरोप लगाए । उम्मेदवारहरुलाई समेत नराखी मतपेटिका गैरकानुनी ढंगबाट खोलिएको, केहि मत जानी जानी बदर गराइएको लगायतका आरोपहरुसमेत विभिन्न पत्रकारहरुले लगाएका छन् । प्रेस चौतारी निकटका पत्रकारहरुलाई भित्र पठाउँदा आफ्नाहरुलाई बाहिर नै राखेको, गैरकानुनी ढंगबाट मतपेटिका बाहिर र भित्र गर्ने काम गरेको लगायतका आरोपहरुसमेत विभिन्न पत्रकारहरुले गरेका छन् । मतगणना स्थलमा थुप्रैपटक प्रहरी र पत्रकारहरुबीच भनाभन भएको थियो ।  

मतगणनामै कति गल्ती कति !
मतगणना भईरहेका बेला सब निन्द्राले ‘भुस’ भएका थिए । ५ पुगेपछि क्रस गर्ने चलन भएको गणनामा एउटाको क्रस हुँदा अर्कोको ३ पनि नपुगेको, एउटाको ४ पुग्दा अर्कोको क्रस भएर पनि एक पुगेको जस्तो भएपनि सदस्यको मामलामा कोहि पनि नबोलेको गणनास्थलकै प्रतिनिधिले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘अव अहिले आएर निहुँ खोज्नु राम्रो होइन । तर राजेश भण्डारी, सुरज प्याकुरेल र दिया चन्दका मतहरु कति गलत ढंगले गणना भएका छन् । सकेको सबैतिर सबैले सकेजति धाँदली गरे । त्यहि भएर कोहि पनि बोलेनन् ।’ उनले भने ।       

उम्मेदवारलाइनै नराखी पतापेटिका खोलियो 
नियमत : उम्मेदवार नराखी मतपेटिका खोल्न नपाइनुपर्ने हो । तरपनि उम्मेदवारहरुलाई नै नराखी मतपेटिका खोलियो । ‘विशेषत: दिया चन्दका मतहरुमा यस्तो धाँदली गर्न यस्तो नौटंकी गरिएको थियो  । र त्यो प्रयासमा यस्तो प्लान गर्नेहरु सफल पन भए । आफ्नो मतगणनामा चित्त नबुझे अदालत जान पाउने अधिकारपनि हनन गरियो ।’ एक पत्रकारले अर्थ सरोकार डटकमसँग भने ।

मापसे गरेरै मतगणना स्थल प्रवेश !
‘कतिपय पत्रकारहरु मापसे गरेरै मतगणना स्थल पसे । बाहिर दुइ बोतल बियर सन्काएर भित्र पसेको देख्दा पनि प्रहरीहरु केहि बोलेनन् । अझ मपसे गरेकाहरुले मत गने । उम्मेदवारहरुलाई बाहिर राखेर बियर खाएर गरिएको गणना कस्तो भयो होला, हामी अनुमान लगाउन सक्छौं ।’ गणनास्थलभित्र रहेकाहरुबीचनै कुराकानी भएको थियो । यता सुरक्षाका लागि खटिएका प्रहरी नै भित्र निदाएको तस्विरपनि केहि पत्रकारहरुले खिचेका छन् ।             
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी