- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार १ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६४ रुपियाँ पाँच पैसा कायम गरेको छ।