- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ७ सयमा कारोबार भएको छापावाला सुन मंगलबार १ सयले घटेर ५५ हजार ६ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदी ५ रुपियाँले घटेर ८ सय १० रुपियाँले कारोबार भईरहेको छ। नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ६ सय ७० रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपियाँ ५ पैसा कायम गरेको छ।