×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाहुन छोरोलाई जव आमाले कुहिएको अन्डा मुखमा कोच्याईदिनुभयो…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाहुन छोरोलाई जव आमाले कुहिएको अन्डा मुखमा कोच्याईदिनुभयो…’

Artha Sarokar

१३ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • हरिबंश आचार्य 
म ६ वर्षको हुँदा मेरो बुवा खस्नुभयो । बुवाको देहान्तपछि आमाले हामीलाई हुर्काउन आमाले हामीलाई असाध्यै दुःख गरेर हुर्काउनुभएको हो । म सानोमा चञ्चले स्वभावको थिएँ । कहिलेकाहीं खुब पिटाइ खाइन्थ्यो । काभ्रेको संखु भन्ने ठाउँमा हाम्रो खेतबारी थियो, अहिले पनि छ । त्यो जग्गा मोहीलाई दिएका थियौँ । बेलाबेला आमा खेती लिन, खेती हेर्न त्यहाँ पुग्नुहुन्थ्यो । मपनि आमासँगै धेरैपटक गएको छु त्यहाँ ।

क्यान्सरसँग मेरी आमा लड्दा 
पछि मेरी आमालाई पेटको क्यान्सर भयो । आमालाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उ म हस्पिटलमा आमालाई भेट्न जान्थेँ, भित्र जान दिइँदैनथ्यो । मलाइ रिस उठ्पथ्यो । पछी मात्र थाह पाएँ, उहाँले छोरालाई नल्याउनु भन्नुभएको रहेछ । मर्छुजस्तो लागेर छोराको अगाडी पर्न नसकेको रे ! त्यो थाहा पाएको दिनपनि धेरै रोएँ । क्यान्सरले मरी आमालाई लग्यो । म नास्तिक त होइन तर खासै बढी पूजा पाठ गर्दिन । बिहान उठ्दा सधैँ म आमाबुवार दिवंगत श्रीमती मीरालाई सम्झन्छु । 

आमासँगत्यो सम्झना 

आमा अर्काको घरमा पूजापाठका लागि सघाउन जाँदा कहिलेकाहीँ मलाईपनि लैजानुहुन्थ्यो । मलाइपनि उहाँसँग जान रमाइलो लाग्थ्यो । अचार- पुरी, सेल फलफुल खान पाइन्थ्यो । एकदिनको घटना हो, ‘आमा र म गुहेश्वरीको बाटो भएर हिँडेका थियौँ । आमाले एउटा कुण्डमा हात हाल्नुभयो, हातमा एउटा अन्डा आयो । माछामासु त के लसुन–प्याजपनि नचल्ने हाम्रो घरमा अण्डा खानु भनेको टाढाको कुरा थियो । 
त्यो जाँडरक्सी, जल, अनेक प्रसाद कुहिएको ठाउँबाट निकालेको अन्डा आमाले मलाई खान दिनुभयो । मैले खान नामानेपानी आमाले जबर्जस्ती मेरो मुखमा कोचिदिनुभयो । सार्है नमज्जा लाग्यो । पछी आमाले ‘कुण्डमा हात हाल्दा हातमा जे आउँछ, त्यो खानुपर्छ, खायो भने भाग्यमानी भइन्छ’ भन्नुभयो । आजकल कसैले तँ त कति भाग्यमानी भन्दा त्यो दिनको याद आउँछ !
(कुराकानीमा आधारित)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी