
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मर्जर भएका बैंकको खराब कर्जाले तहसनहस हुन लागेको बैंक एनसीसीमा अनेकौं लफडाहरु परिरहेका छन् । मर्जरबाट संचालक समितिमा आएका सञ्चालकको मनपरी त छँदैछ, ‘अयोग्य’ ठहरिएका बैंकका सञ्चालकले सञ्चालक समिति छोड्न नमानी दादागिरी देखाउन थालेपछि बैंक झन् समस्यामा पर्दै गएको छ । यहि कारण सञ्चालक समितिकै केहि सदस्य अन्य सदस्यको विरुद्धमा मिडिया हाउस धाउन थालेका छन् भने, केहि सदस्यले आफ्नै सदस्यविरुद्ध गोप्य रुपमा विभिन्न निकायमा उजुरी दिन थालेका छन्।
सञ्चालक मोहनबहादुर बस्नेत ‘अयोग्य’ तर छन् समितिमा
राष्ट्र बैंकले २ वर्षदेखि व्यवस्थापन सम्हालेको एनसीसी बैंकमा ऐन विपरीत सांसद मोहन बहादुर बस्नेतलाई सञ्चालक बनाएको छ। सिन्धुपाल्चोक क्षेत्र नं. ३ बाट चुनाव जितेर सांसद भएका उनी एनसीसी बैंकको संस्थापक समूह एनबी ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेको बैंक तथा वित्तीय संस्था विधेयकमा (बाफियामा) संवैधानिक तथा सरकारी पदमा रहेको कुनैपनि व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । तर बैंकीङ कसुर र ठगीको मुद्दा खेपिरहेका व्यापारीहरु जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको प्रतिनिधित्व गर्दै उक्त बैंकमा छिरेका उनले अहिलेपनि बैंकबाट निस्किन नमानेपछि बैंकभित्रै हङ्गामा भएको हो ।
बस्नेतले बैंक छोड्न नमानेपछि समितिका अन्य सदस्य नै तनावमा !
मोहन बहादुर बस्नेतले पारित भएको वाफिया अनुसार बैंक छोड्नुपर्ने भएपनि बैंक छोड्न नमानेपछि अहिले बैंकको सञ्चालक समितिमा रहेका अन्य सदस्यहरुपनि तनावमा छन् । उनले दादागिरी शैलीमा बैंकको सञ्चालक समिति कुनै पनि हालतमा छोड्न नमानेपछि बैंकभित्र हंगामा नै मच्चिन थालेको छ । यसको चेपुवामा बैंकका सीइओ लगायत उच्च पदस्थ कर्मचारीहरुसमेत पर्न थालेका छन् । राष्ट्र बैंकसमेत यो विषयमा अहिले बोलीसकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्