×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलका कर्मचारीको ठगी धन्दाको नयाँ शैली छताछुल्ल : १ करोड बढीको रिचार्ज कार्ड बरामद !

LAXMI SUNRISE BANK
GLOBAL

एनसेलका कर्मचारीको ठगी धन्दाको नयाँ शैली छताछुल्ल : १ करोड बढीको रिचार्ज कार्ड बरामद !

७ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनसेल, अर्थात नेपालमा विभिन्न कारणले विवादमा आइरहने कम्पनी । कहिले पूँजीगत लाभकर नतिरेर विवादमा त कहिले पूँजीगत लाभकर छल्न नेताहरुलाई अरवौं रुपैयाँ घुस खुवाएको आरोपका कारण विवादमा आएको एनसेलको ठगी धन्दाको नयाँ शैली फेला परेको छ । नेपाल राष्ट्र बैंक, पोखरा छेउमा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका कर छली गरेर बेचिएका रिचार्ज कार्ड बिक्री गरिरहेको फेला परेपछि एनसेलको यस्तो ‘कालो धन्दा’ छताछुल्ल भएको हो ।
एनसेलको ठगीधन्दाको यो प्रतिनिधिमूलक घटना :
घटना पोखराको हो । काठमाडौंमा दर्ता भएको प्राइम एक्सेज प्रालि नामक कम्पनीको नाममा कर छलेर रिचार्ज कार्डहरु बेचेको अवस्थामा प्रहरीले ती रिचार्ज कार्डहरु आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । उक्त कम्पनीमार्फत पोखरा लगायत अन्य जिल्लामा समेत रिचार्ज कार्ड बिक्रीभएको समेत खुलासा भएको छ  । भ्याट छली गरेर विक्री वितरण गर्ने उक्त कम्पनीले दश दिनअघि पोखरामा कारोबार सुरु गरेको जनाएपनि उक्त कम्पनीले आफ्नो कम्पनीको बोर्ड समेत नराखी गोप्य रुपमा कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। 

जव प्रहरीले छापा मार्यो…
गोप्य सूचनाका आधारमा उक्त कम्पनीमा प्रहरीले छापा मार्दा १ करोड ८१ लाख ६० हजार बराबरको रिचार्ज कार्डका कार्टुन भेटिएको छ । जसमा ३ वटा रिचार्ज कार्डका खाली कार्टुन भेटिएको छ भने तीनवटा रिचार्ज कार्डले भरिएका कार्टुन छन् भने खुद्रा अवस्थामा १ लाख ६० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड भेटिएको प्रहरीले जनाएको छ । उक्त मूल्य बराबरको सामग्री भेटिए पनि खरिद-बिक्री बिल, भ्याट बिल केहीपनि नभेटिएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार बरामद गरिएको सामग्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) मात्र २३ लाख ६० हजार ८ सय रुपैयाँ छलेको देखिन्छ । साथै कम्पनीले आयकर बराबर ७ लाख २६ हजार ४ सय रुपैयाँ छलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सबै कर तिरेर आधिकारिक डिलर मार्फत एनसेलको १०० रुपैयाँको रिचार्ज कार्ड खुद्रा पसलेलाई बिक्री गर्दा ९७ रुपैयाँ ५० पैसा गर्ने गरिएको डिलर सञ्चालक श्याम गुप्ताले बताए । भ्याट ऐन २०५२ अनुसार भ्याट छल्नुलाई कर्पोरेट अपराध मानिन्छ । प्रहरीका अनुसार प्रहरीले उक्त रिचार्ज कार्डहरु सिल गरेर जफत गरेको छ । जफत गरिएका सबै सामग्री आन्तरिक राजस्व कार्यालय पोखरामा बुझाइएको छ । 
के भन्छ यस्तो धन्दा गर्ने कम्पनी ?
कर छलेर एनसेलको रिचार्ज बिक्रीगरेको प्राइम एक्सेज प्रालिका एकजना कर्मचारीलाई नियन्त्रणमा लिएर यसबारे अनुसन्धान अघि बढाएको अधिकारीले बताए । कम्पनीका कर्मचारी राजेश श्रेष्ठले भने आफूहरुले गैरकानुनी काम नगरेको र सबै कागजात काठमाडौंमा रहेको बताएका छन् । पोखरामा डिलर खुलेको १० दिन मात्र भएकाले ल्याउन बाँकी रहेको उनको भनाइ छ । एनसेलले जोनल एजेन्टको रुपमा स्वीकृति दिएर नै आफूहरुले वैधानिक रुपमा कारोबार थालेको उनको भनाइ छ । तर अन्य डिलरहरु भने सामग्रीसँग सँगै बिल पनि हुनुपर्ने उल्लेख गरेका थिए ।
एनसेलका कर्मचारीकै मिलेमतोमा हुन्छ यस्तो धन्दा, यस्तो छ आन्तरिक राजस्व विभागको भनाइ:
यता एनसेलकै कर्मचारीकै मिलेमतोमा यस्तो गैरकानुनी धन्दा हुने गरेको स्रोतको दावी छ । ‘एनसेलका साथीहरुसँग हाम्रो पहिला नै ‘डिल’ हुन्छ । त्यसपछि हामीले यस्तो काम गर्ने गरेका छौँ ।’ आफ्नो नाम नबताउने सर्तमा एनसेलका एक कर्मचारी भन्छन्, ‘यो पोखरामा मात्र होइन, बिराटनगर, काभ्रे, वीरजंगलगायतका ठाउँहरुमा पनि हुन्छ । भ्याटवापत बचेको पैसा हामी मिलाएर खान्छौं । अतिरिक्त कमाइ हुने भएकाले सबैको तरिका यहि छ ।’ उनका अनुसार भ्याट छल्नु अपराध हो भन्ने कुरा भने एनसेलका कर्मचारीहरु धेरैलाई थाहा छैन ।        
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले नियमित कामका सिलसिलामा प्रहरीले उक्त कम्पनीमा छापा मारेको र जफल सामानहरु आफूहरुलाई बुझाएको बताए । ‘ भ्याट छल्नु गम्भीर अपराध हो । हामी अनुसन्धानबाट कर छली के कति रहेछ भन्ने पत्ता लगाउँछौं र कारबाही गर्छाैं ।,’ उनले भने । 

यो पनि पढ्नुहोस् :

पार्टीलाई सहयोग गर्ने एनसेलको विरोध गरेपछि नयाँ शक्तिबाट हरिराम रिमाल निष्कासित भएको खुलासा !


हेर्नुहोस्, एनसेललाई ३३ अर्व मिनाहा गर्न कुन नेताले लिए कति पेश्की!


४ बर्षदेखि यसरी गैरकानुनी धन्दा चलाईरहेको छ एनसेल ! पावर र पैसाका भरमा करोडौं नेपालीलाई ठग्दै!


एनसेल मेलाका नाममा लागुपदार्थको व्यापार !


भूकम्पको त्रासमा रहेका बेला ‘आमालाइ’ फोन गर्न पैसा थिएन,एनसेलले ‘फ्री कल’ दिएन, अहिलेको यो बोनस के काम ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी