Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : ‘गैरकानुनी’ नेपाल बसाईंको पोल खुलेपछि एनसेलका प्रबन्ध निर्देशकद्वारा राजीनामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनसेलका प्रवन्ध निर्देशक सिमोन पर्किन्सले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनी अप्रिल २०१६ मा एनसेलका प्रवन्ध निर्देशक नियुक्त भएका थिए । उनी एनसेलका डाइरेक्टरपनि हुन् । एनसेलका विभिन्न विदेशी कर्मचारी नेपालमा गैरकानुनी रुपमा बसेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि एनसेलमा यस विषयलाई लिएर हङ्गामा भएको स्रोतले जानकारी दिएको छ ।

‘एनसेलका लेखा प्रमुख हादी हल्मीसहित केहि कर्मचारी ‘गैरकानुनी’ रुपमा बसेको समाचार अर्थ सरोकार डटकमले केहि दिनअघि ब्रेक गरेको थियो । ‘स्थानीय साझेदारहरुले हस्तक्षेप बढाएका कारण, आजियाटाबाटनै दवाव आएका कारण, वा एनसेलका अन्य निर्देशकहरुसंग कुरा नमिलेका कारणजस्ता हल्लाहरु एनसेलभित्रै छ । तर उनले राजीनामा दिनुको मुख्य कारण भने उनको गैरकानुनी बसाइबारे खबर सार्वजनिक हुनु र यसको प्रभाव करियरमा पर्ने देखिनु हो ।’ स्रोतले भन्यो ।


अन्य कर्मचारीपनि राजीनामा दिने लाइनमा 
अर्थ सरोकार डटकमले एनसेलका कर्मचारीहरु गैरकानुनी रुपमा नेपाल बसेको खबर सार्वजनिक गरेपछि अहिले प्रबन्ध निर्देशकले एनसेलबाट राजिनामा दिएका छन् भने यसरीनै गैरकानुनी रुपमा नेपाल बसीरहेका एनसेलका अन्य कर्मचारीहरुपनि राजीनामा दिने तयारीमा छन् । एकैपटक राजीनामा दिंदा कम्पनीमै अफ्ट्यारो हुने कुरा बुझेर उनीहरुले यस्तो गरेको स्रोतको भनाइ छ ।

‘आफ्नो गैरकानुनी बसाईंबारे अनलाइन मिडियाहरुमा समाचार थाहा पाएपछि उनीहरुले कम्पनीकै एक नेपालीलाई बोलाएर अर्थ सरोकार डटकमको समाचार अंग्रेजीमा रुपान्तरण गराई सुनाउन लगाएका थिए । त्यसपछि उनीहरु बैठक बसी समय अनुकुल बनाएर नेपाल छाड्ने प्लानमा छन् ।’ अर्थ सरोकार डटकमसंग एनसेलको उच्च स्रोतले भन्यो ।

‘बजारमा अनेक हल्ला आएका छन् । एनसेलमा सतिसलालसँग उनी असन्तुष्ट भएको कुरा पक्का हो । तर उनले राजीनामा दिनुको कारण भने गैर कानुनी बसाईंको पोल खुल्नु हो । एनसेलका अन्य कर्मचारीहरुले समेत राजीनामा दिएपछि यो तथ्य झन् स्पष्ट हुनेछ ।’ स्रोतले अगाडी भन्यो ।

यो पनि पढ्नुहोस् :
गरी खाने नेपालीमाथि एनसेलको अन्याय, अत्याचारले सीमा नाघेपछि डिलरहरुमा भोटेताल्चा !


एनसेलमा विदेशी कर्मचारीको अर्को दादागिरी : लेखाप्रमुख हादी हाल्मीको यस्तो रबैया !

एनसेलमा नयाँ काण्ड : शतिसलालसँगको मिलेमतोमा भइरहेछन् यस्ता गैरकानूनी धन्दा !

एनसेलका कर्मचारीको ठगी धन्दाको नयाँ शैली छताछुल्ल  : १ करोड बढीको रिचार्ज कार्ड बरामद !





Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK