
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तेक्वान्दो खेलाडी सुबास तामाङ्गमाथी काँग्रेस कार्यकर्ताकाे एक जत्थाले सांघातिक हमला गरेको छ । बुधवार अपरान्ह ४ बजेतिर काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा खेलाडी तामाङ्गमाथि आक्रमण भएको हो ।
हमलाबाट तामाङ्गको टाउकोमा गम्भीर चोट लागेको छ ।उनकाे बिर अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । तामाङ्ग नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ काठमाडौँका जिल्ला सदस्य हुन ।
यसैबीच गणतान्त्रिक खेलकुद महासंघ काठमाडौँका अध्यक्ष पुरु बुढाथोकीले आक्रमण ज्यान मार्ने उदेश्यले नै भएकाे तर कसले किन गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेकाे अर्थ सरोकार डटकमलार्इ बताएका छन् ।
‘कसले किन हमला गर्याे हामी अनुसन्धानमै छाैं, खाेजेर कारवाही गर्छाैं ।’ बुढाथोकीले अर्थ सरोकार डटकमसँग भने । यता तामाङमाथि नेपाली काँग्रेसका कार्यकर्ताले हमला गरेकाे नेकपा उच्च स्राेतले बताएकाे छ । अर्थ सरोकार डटकमलार्इ स्राेतले दिएकाे जानकारी अनुसार राजनीतिक रिसिवीका कारण काग्रेँसका कार्यकर्ताहरूकाे एक जत्थाले अाक्रमण गरेकाे हाे ।
घाइते अवस्थामा रहेका तामाङले अाफुलार्इ काँग्रेसका कार्यकर्ताले अाक्रमण गरेकाे बताएकाे स्राेतकाे दाबी छ । पार्कमा बसिरहेका तामाङमाथि एकाएक कुटपिट गरेर उनिहरू भागेकाे बताइएकाे छ । अाक्रमणकारीहरूकाे खाेजीकार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्