×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनिर्वाचित मेयर शाक्यले भनेः सबैको चित्त बुझाएर काठमाडौँको विकास गर्छु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नवनिर्वाचित मेयर शाक्यले भनेः सबैको चित्त बुझाएर काठमाडौँको विकास गर्छु

Artha Sarokar

१४ जेष्ठ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाण्डुको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौँ बनाउने आफूहरुको लक्ष्य रहेको बताए ।
निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिजोसम्म म एमालेको प्रतिनिधि थिए । अब महानगरबासीको भए ।’
उनले अघि भने, ‘नेपाली कांग्रेससहितका सबै दलले सम्मानजनक मत पाएका छन् । सबैको चित्त बुझाएर महानगरको विकासमा सबैसँग सहकार्य गरेर अघि बढ्छु ।’ उनले एमालेको सिंगो पार्टी आफ्नो पछाडि रहेको समेत बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी