Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसका २ दर्जन कार्यकर्ताद्वारा पार्टी परित्याग गरि एमाले प्रवेश

अर्थ सरोकार

पाल्पामा नेपाली कांग्रेसका करिब २ दर्जन स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन्। दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकै जाँदा रामपुर नगरपालिका १० नम्बर वडाका २० जना स्थानीय नेता कार्यकर्ता कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेसीहरुलाई एमाले उम्मेदवार राजु श्रेष्ठले टीका र अबिर लगाउदै स्वागत गरेका छन् । एमाले प्रबेश गर्नेहरुले रामपुरको बिकासका लागी एमालेको प्रमुख भुमिका रहेको र एमालेले इमानदारीका साथ काम गरेकोले आफुहरुले एमाले रोजेको बताए। पार्टी प्रबेश कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले जनताले निर्वाचित गरि आफुलाई स्थानीय तहको जिम्मेवारी दिए रामपुरको बिकासका निम्ति निरन्तर लाग्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय समाजसेबी नोलराज भण्डारी, टंकनाथ खनाल, शम्भु वस्ती, बिष्णुप्रसाद भण्डारी र उदयराज भण्डारीले निर्वाचन शुभकामना दिएका थिए । शुभकामना मन्तब्य राख्ने बक्ताहरुले एमालेले मात्र स्थानीय तहको बिकास निर्माणका कामहरुलाई पूरा गर्न सक्ने भएकाले एमालेलाई भोट दिन आग्रह गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK