
भरतपुर – ‘मतगणना हुँदै थियो । निर्वाचन अधिकृत पिसाव लागेको भन्दै शौचालय लागे । त्यहि बेला अनाधिकृत व्य्वक्तिहरु भित्र छिरे र मतपत्र छिरे ? उनीहरुलाई आखिर कसले छिरायो भित्र ? के अधिकृतलाई पिसाव लाग्नु र उनीहरु भित्र छिर्नु नियोजित त थिएन ? आशंका उब्जिएको छ ।’
एमालेका उम्मेदवार देवी ज्ञवाली भन्छन्, ‘मतपत्र च्यात्दापनि सुरुमा सुरक्षाकर्मीले केहि पनि गरेन । हेरिरह्यो । यो सबै नियोजित थियो ।’
देबी ज्ञवाली र रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।
यो पनि पढ्नुहोस् :
- रेणुको मतान्तर ३०० मात्र हुँदा निर्वाचन अधिकृत पिसाव फेर्न गएका बेला २ सय मत च्यातियो ! स्थिति तनावग्रस्त !
- रेणु र देवीको मतान्तर ३०० मात्र पुग्दा यस्तो बबण्डर ! मतगणना अनिश्चित कालका लागि रोकियो !
- ‘माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियो, सुरक्षाकर्मीले वास्ता गरेनन्’: देबी ज्ञवाली
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्