Skip to content
LAXMI SUNRISE BANK

मतदान सुरु हुन बितिकै दोलखामा तनाव, बैत्यश्वरमा हवाई फायर, मतदाताको भागाभाग !

अर्थ सरोकार

दोलखा -स्थानीय निकाय निर्वाचनको मतदान सुरु हुन बितिकै दोलखामा तनाब भएको छ । बैत्वश्वरको गैरमुदी मतदान केन्द्रमा तनाब भएको हो। मतदान केन्द्र बाहिरबाट अज्ञात समुहले हवाई फायर मतदाताको भागाभाग भएको छ । मतदाताको भागाभाग हुँदा केही घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका हुन्। प्रहरी प्रमुख कार्कीका अनुसार बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङ गर्न नेपाल बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ ।
एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK