
दोलखा -स्थानीय निकाय निर्वाचनको मतदान सुरु हुन बितिकै दोलखामा तनाब भएको छ । बैत्वश्वरको गैरमुदी मतदान केन्द्रमा तनाब भएको हो। मतदान केन्द्र बाहिरबाट अज्ञात समुहले हवाई फायर मतदाताको भागाभाग भएको छ । मतदाताको भागाभाग हुँदा केही घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका हुन्। प्रहरी प्रमुख कार्कीका अनुसार बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङ गर्न नेपाल बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ ।
एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्