- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ सयले घटेर प्रति तोला ५४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ५ सय ५५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४७ रुपियाँ ५ पैसा कायम गरेको छ।