
कालिकोट – स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत कालिकोटको माल्कोटमा भएको झडपमा मृत्यु धनरुप बटालालाई नेपाल कम्युनिष्ट पार्टीले सहिद घोषणा गरेको छ ।
माल्कोटको नन्दादेवी माविको मतदान केन्द्रका मतपेटिका कब्जा गरी जलाइदिएका छन् । सोही क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा कुलबहादुर बटाला र ब्यासी बिक गम्भीर घाइते भएका छन् । उनिहरुको उपचार भइरहेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका कालिकोट इन्चार्ज समरले एक सोमबार विज्ञप्ति जारी गरेर मृतक बटालाप्रति श्रद्धञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । इन्चार्ज समरले चुनाव बहिस्कार अभियान सानदार रुपमा सम्पन्न भएको भन्दै सरकारले सेना परिचालन गरेपनि जनसहभागिता न्यून रहेको बताए ।
सोमबार जारी गरेको विज्ञप्तिमा इन्चार्ज समरले धनरुप बटालालाई एकीकृत जनक्रान्तिको पहिलो सहिद घोषणा गरेका छन् । ‘चुनाव खारेजी अभियानमा माल्काेट, फुकाेट, भर्ता, मुम्रालगायत जिल्ला भरीका सम्पूर्ण जनसमुदाय तथा पार्टी नेता-कार्यकर्ताहरुले खेलेको भूमिकाकाे उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौं’ विज्ञप्तिम भनिएको छ ।
विज्ञप्तिको पूर्णपाठः
प्रेस विज्ञप्ति
संसदीय दलाल सरकारले घाेषणा गरेको बैशाख ३१ गतेकाे कथित स्थानीय निर्वाचन खारेजी गर्ने पार्टी केन्द्रकाे याेजना कालिकोटमा भव्य एवम् सानदार ढंगले सम्पन्न भएकाे छ । खासगरी बैशाख २२ गते फुकाेटबाट शुरु भएकाे जनताकाे प्रतिरोध माल्काेटमा मतपेटिका कब्जासहित नष्ट गरि उत्कर्षमा पुगेको छ ।
संसदीय व्यवस्थाका मतियारहरुले जतिसुकै ढंका पिटेपनि याे राज्यकाे अन्तिम शाही सेना परिचालन गरेपनि यसमा जनसहभागिता अत्यन्तै न्यून रहेकाे छ । यसले कथित संसदीय व्यवस्थाप्रतिकाे जनताको वितृष्णा मुखरित भएकाे छ । निकट भविष्यमा यसकाे अन्त्य निश्चित छ । हाम्रो पार्टीको याे निर्वाचन खारेजी अभियानमा कालिकोटको एेतिहासिक भूमि माल्काेटका क्रान्तिकारी जनसमुदायले फेरि एकपटक अाफ्नाे क्रान्तिकारी विराशत कायम गर्दै संसदीय दलाल सत्ताको डटेर प्रतिरोध गरेका छन् ।
यसक्रममा स्थानीयवासी धनरुप बटालाकाे दुखत निधन भएकाे छ भने दानबहादुर बटाला, कुलबहादुर बटाला र ब्यासी विक घाइते भएका छन् । एकीकृत जनक्रान्तिका पहिलाे सहिद धनरुप बटालाप्रति हाम्राे पार्टी उच्च सम्मान प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दैछौं ।घाइतेहरूको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं । साथै याे महान् अभियानलाई सफल पार्न बिशेष गरि माल्काेट, फुकाेट, भर्ता, मुम्रालगायत जिल्ला भरीका सम्पूर्ण जनसमुदाय तथा पार्टी नेता-कार्यकर्ताहरुले खेलेको भूमिकाकाे उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।
समर
ईन्चार्ज/सेक्रेटरी
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कालिकोट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्