×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसीलाई अर्को तनाव : एपेक्स डेभलपमेन्ट बैंकको हिसाब छुट्टै राख्न उच्च अदालतको अन्तरिम आदेश !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय निकै विवादमा परेको एनसीसी बैंकमा पुन: अर्को तनाव आइपरेको छ । पाटन उच्च अदालतले एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको हिसावकिताव छुट्टै राखी अलग अलग कारोबार गर्न अन्तरिम आदेश दिएपछी बैंकमा अर्को तनाव आईपरेको हो । बैसाख २८ गते अन्तरिम आदेश दिंदै अदालतले एपेक्स र एनसीसीको कारोबार अलग-अलग गर्न निर्देशन दिएको हो । स्मरण रहोस् एपेक्स डेभलोपमेन्ट बैंकमा भएको भ्रष्टाचारबारे पहिलोपटक समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक, पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेन्स्, नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै एनबी ग्रुप, एनवी इ्रन्भेष्टमेन्ट, एनबी मार्केटिङ, सांग्रिला इन्भेष्टमेन्ट र जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले बैशाख २४ गते हालेको मुद्दाको सुनुवाई गर्दै न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले यस्तो आदेश जारी गरेको हो । अदालतले विपक्षीहरुलाई कारण देखाउन आदेश दिएको छ । 
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: