×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसीमा राष्ट्र बैंक पसेपछि सञ्चालकहरु ‘त्राहिमाम्’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विवाद नै विवादमा मुछिएको र लाफडाको पर्यायवाची जस्तै बनेको बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा पुनः नेपाल राष्ट्र बैंक प्रवेश गरेको छ । यसअघिपनि नेपाल राष्ट्र बैंकले बैंकको व्यवस्थापन माथि हस्तक्षेप गरी आफ्नो हातमा लिएको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा एनसीसीको व्यवस्थापन चलेको थियो। पछिल्लो समय अनेकौं लफडाहरुले घेरिएपछी र नेपाल राष्ट्र बैंक र सीआइबीमा बैंकका सञ्चालकहरुको विषयलाई लिएर उजुरी परेपछि बैंकमा नेपाल राष्ट्र बैंक प्रवेश गरेको हो । 

एपेक्सका कारण पस्यो राष्ट्र बैंक !
एनसीसीमा नेपाल राष्ट्र बैंक पस्नुको मुख्य कारण भने एपेक्स रहेको बुझिएको छ । एनसीसीको व्यवस्थापन हस्तान्तरण गरेलगत्तै मर्जरमा गएको एनसीसीमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक मर्ज भएका थिए । अहिले एपेक्स नै एनसीसीका लागि घाँडो विषय बनेको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु प्रसाद धितालले नक्कली ऋणी खडा गरेर, खोला र बगर धितो लिएर १८ करोड रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह गरी उक्त कर्जा आफैँले चलाएको भन्दै पीडितहरुले एपेक्स र धितालविरुद्ध उजुरी गर्दै राष्ट्र बैंक, एनसीसी बैंक स्वयं र अख्तियार दुरुपयोग आयोगसम्म पुगेपछी नेपाल राष्ट्र बैंक एनसीसी पस्न वाध्य भएको थियो ।
स्मरण रहोस् एपेक्स डेभलपमेन्ट बैंकमा भएका विभिन्न काण्डहरूबारे अर्थ सरोकार डटकमले पटक पटक समाचार ब्रेक गरेको थियो ।

के भन्छ नेपाल राष्ट्र बैंक ?


तत्कालीन एपेक्सका भएका विभिन्न लफडाका कारण एनसीसी बैंक धरापमा परेको समाचार अर्थ सरोकार डटकमलगायत केहि मिडियाहरुले निरन्तर फलोअप गरेपछि नेपाल राष्ट्र बैंक एनसीसी पस्न बाध्य भएको हो। एनसीसीमा खास के भएको हो भन्ने विषयमा नेपाल राष्ट्र बैंकले प्रतिवेदन बनाइरहेको बुझिएको छ । ‘हामीले एनसीसीमा के भएको हो अध्ययन गरेर विवरण पठाउन सम्बन्धित विभागलाई निर्देशन दिएका हौं ।’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए । उनका अन्सुआर राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले केही दिन लगाएर एनसीसीमा पछिल्लो अवस्थाबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ र त्यहि अनुसार आगामी रणनीति बनाउनेछ ।

यो पनि पढ्नुहोस् :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: