×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसीमा लफडा – ५ : कर्मचारीको विषयलाई लिएर सञ्चालकबीचनै भाँडभैलो, खराब कर्जाले बैंकनै ‘आछ्छु-आछ्छु’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विभिन्न बिकास बैंक मर्ज भएपछीको एनसीसी बैंकमा सञ्चालकबीचनै भाँडभैलो सुरु भएको केहि समय वितिसकेको छ । तर पछिल्लो समय एनसीसीका कतिपय सञ्चालकहरुले बैंकभित्र भइरहेका खिचातानीनै बाहिर छताछुल्ल पार्न थालेपछि अहिले एनसीसीभित्रको भाँडभैलो सतहमै देखिन थालेको छ । हुन त गत माघदेखि नै बैंकभित्र सञ्चालकबीच मनमुटाव भइसकेको थियो । 

कर्मचारीको लफडा उस्तै !
सीइओ, र बैंकका अध्यक्षको सेटिङमा बैकमा दुुई जनालाई डेपुुटी सिईओ बनाईएपछी नै सञ्चालकहरुले तीब्र असन्तुष्टी व्यक्त गरेका थिए । वाणिज्य बैंकमा काम गरेको अनुुभवनै नभएका तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि डेपुुटी सिईओ बनाईको भन्दै बैंकभित्र नै रडाको मच्चिएको थियो ।श्रोतका अनुसार डिपुुटी सिईओ नियुुक्ती सम्वन्धी उक्त बैठकको माईन्युुटमा बैंकका सञ्चालकहरु बिष्णुु प्रसाद धिताल, सदर गरिए आफुुहरु राष्ट्र बैंक र अख्तियार दुुुरुपयोग अनुसन्धान आयोगमा समेत जान सक्ने धम्की दिंदै सञ्चालक समितीको उक्त बैठकनै बहिस्ष्कार बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यतिबेलादेखि सुरु भएको मनमुटाव अहिलेसम्म जारी छ । 
विभिन्न अरु बैंकबाट आएका कर्मचारी र एनसीसीका पहिलाका कर्मचारीबीच ठुलो मतभेद छ । यतिसम्मकि सामुहिक रुपमा काम गरेर बैंकलाइ राम्रो बनाउन मद्धत गर्नुपर्ने कर्मचारी गुट उपगुटमा लागेका छन् । कतिपय कर्मचारीहरुलाई ‘सीइओको चम्चा’को बिल्ला भिराइएको छ भने कतिपय कर्मचारीहरु अयोग्य भएको भन्दै बैंकभित्र नै अन्तरसंघर्ष चल्न थालेको छ ।  कर्मचारीको यो लफडाले समग्र बैंकको कार्यक्षमतामा नै समस्या आएको छ । सीइओदेखि अन्य जिम्मेवार पदाधिकारीहरुसमेत यो लफडालाइ मिलाउन सक्ने अवस्थामा छैनन्। त्यसमाथि बैंकको विशेष साधारणसभा नै कम्पनी रजिस्ट्रारको कार्यालयले रोकीदिएपछि अहिले बैंकमा ठुलै रडाको मच्चिएको स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएको छ ।
समाधान भएको छैन खराव कर्जाको लफडा !  
गत पुुस १७ गतेदेखि एनसीसी बैंकसँग इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड, एपेक्स डेभलपमेण्ट बैंक लिमिटेड, सुप्रिम डेभलपमेण्ट बैंक लिमिटेड र इन्टरनेसनल डेभलपमेण्ट बैंक लिमिटेड ‘मर्ज’ भएर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नेतृत्वको व्यवस्थापन समूह एनसीसीबाट पुुस १८ गते फिर्ता भएपनि बैंकभित्र विशेषगरी एपेक्स बैंकको खराब कर्जालाई लिएर सुरु भएको लफडा अझैपनि  सकिएको छैन। 
एनसीसीबाट राष्ट्र बैंकको टोली फिर्ता भएपछि कानुुन व्यवसायी उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा बन्ने तदर्थ सञ्चालक समितिमा संस्थापक सेयर समूहबाट सभासद् मोहन बहादुर बस्नेतसहित इमान सिंह लामा, माधव प्रसाद भट्ट, विष्णुप्रसाद धिताल र सर्वसाधारण सेयर समूहबाट चन्द्र प्रसाद बाँस्तोला, कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ सञ्ञ्चालक तोकिएका थिए । ‘मर्ज’ भएका विकास बैंकहरुबाट एपेक्सका विष्णुु प्रसाद धिताल र इन्फ्रास्क्चर डेभलपमेन्ट बैंकका तर्फबाट इमान सिंह लामालाई सञ्चालक बनाइएको थियो । त्यसरी आशंकाका दृष्टिले हेरिएको विकास बैंक एपेक्स बैंक थियो । नेपाल राष्ट्र बैंकले नै एपेक्सको खराब पक्ष ढाकछोप गरी बलमिच्याइँ गरेर तानाशाही रुपमा ‘मर्ज’ गरेको आरोप तत्कालीन समयमा नै लागेको थियो। 
‘मर्ज’ गर्दा एपेक्स डेभपलेमन्ट बैंकको खराब कर्जा दुुई दशमलव ८६ प्रतिशत देखाइएको थियो । ६६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एपेक्सको निक्षेप झण्डै छ अर्ब ८० करोड र कर्जा पाँच अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । ‘मर्ज’ गर्दा एपेक्स डेभलपेमन्ट बैंकको खुद नाफा १० करोड ४० लाख रुपैयाँ देखाइएको थियो र ३५ लाख रुपैयाँ प्रोभिजन गरिएको देखाइएको थियो ।
‘मर्ज’पछि एपेक्सका तत्कालीन अध्यक्ष एनसीसीको बोर्डमा मात्र राखिएको छैन ‘रिकभरी’ हेर्ने जिम्मा पनि दिइएको छ । एपेक्स बैंकले दिएको कर्जा पाँच अर्ब ६७ करोड रुपैयाँमध्ये ५० प्रतिशतभन्दा बढी रकम खराब कर्जा रहेको पाइएको छ । स्रोतका अनुसार तीन अर्बको हाराहारीमा एपेक्सको लगानीमा समस्या देखिएपछि एनसीसीको व्यवस्थापन ‘मर्जर’ बाट पछुुताउन थालेको खबर सार्वजनिक भएको थियो  ।
स्मरण रहोस्, एपेक्स डेभलोपमेन्ट बैंकमा भएको भ्रस्टाचारबारे खबर नेपाली मिडियामा पहिलोपटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । 
३६ जना ऋणीहरुलाई उठिबास लगाइदिने धम्की दिएको खबर बाहिरिएपछी झन् लफडा !
खराब कर्जाको प्रसङ्ग चलीरहेका बेलानै एनसीसी बैंकका सञ्चालक समेत रहेका तत्कालीन एपेक्सका अध्यक्षले लगानीकर्ताको रकम अपचलन गरेको र उजुरी गर्न खोज्दा ज्यान मार्ने धम्की दिएको खबरसमेत सार्वजनिक भएको थियो । उक्त खबर सार्वजनिक भएपछी बैंकभित्रको लफडा झन् छताछुल्ल भएको थियो ।अख्तियार दुुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय सतर्कता केन्द्रमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष एवं हाल एनसीसी बैंकका सञ्चालक समितिमा रहेका विष्णुु प्रसाद धितालविरुद्ध संयुुक्तरुपमा उजुरी गर्न चैत २४ गते काठमाडौं आएका ४८ जना पीडितहरुलाई उजुरी नै गर्न नदिई उल्टै धम्क्याएर उतै फिर्ता पठाइएको खबर सार्वजनिक भएको थियो  । 
उनीहरुलाई उजुरी गरे काट्ने, मार्नेलगायतका धम्की दिई उनीहरुको जग्गा बिक्री गरेर बैंकको कर्जा चुक्ता गराइदिने सहमतिमा उनीहरुलाई फिर्ता पठाइएको आरोप लागेको थियो । तत्कालीनएपेक्सका डेभलपमेन्ट बैंकको इटहरी शाखाबाट २६ जनाको नाममा करिब १८ करोड रुपैयाँ कर्जा लिएर बैंकका अध्यक्ष धितालले आफ्नै तजबिजमा खर्च गराएका आरोप लागेको थियो । सो कर्जा रकम चलनचल्ती गर्ने अध्यक्ष धितालले नै तिर्ने भद्र सहमतिमा कर्जा निकालिएको भएपनि सो बैंक एनसीसी बैंकसँग मर्ज भएपछि गत चैत १२ गते ऋणीहरुको नाउँमा कर्जा तिर्न ३५ दिने सूचना प्रकाशितपछी संघर्ष समिति नै गठन गरेर अहिले पीडितहरु संघर्षको मैदानमा छन् । अहिले यो लफडाले पनि एनसीसी बैंकमा निकै समस्या निस्किएको छ ।  
यो पनि पढ्नुहोस् : 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: