Skip to content
LAXMI SUNRISE BANK

मतपत्र च्यातिएपछि मध्यरातमा रचियो यस्तो रोचक कविता

अर्थ सरोकार

पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइ देशैभरीको मतपरिणाम आइरहेको बेला भरतपुरमा मध्यराति जब मतपत्र च्यातियो । मतपत्र च्यातिएपछि राजनीतिक दलहरु एकले अर्कालाई अनेक आरोप प्रत्यारोप लगाएका छन् । 


अनेक शंका उपशंकाकाबीच त्यस लगत्तै पत्रकार प्रकाश सिलवालले ‘च्यातिएका कागजहरुको नाममा’ एउटा यस्तो रोचक कविता लेखे ।


च्यात !धूजा धूजा पारेर च्यात !

यस्तो होस् कि
त्यस्को कुनै दसी प्रमाण फेला नपरोस्
हेर्नुहोस् पुरै कविता
प्रकाश सिलवाल ।

च्यात !
धूजा धूजा पारेर च्यात !
यस्तो होस् कि
त्यस्को कुनै दसी प्रमाण फेला नपरोस्
केवल तिम्रो बहादुरीको तस्विर
सहरभरी फैलियोस् !

तिम्रो त्यो साहस !
इतिहासको कुन्युमा पुगेर
सजिलै बास बस्न सकोस् !

टुक्राटुक्रा पारिएको कागजको धूलोलाई
चपाएर निलिदेऊ
र,
छेउमा छडी बोकेको
प्रहरीलाई भन्न लगाऊ
च्यातिएको कागजमा
मलाई शासन गर्ने महान् अख्तियारी थियो
मेरो जनतन्त्रको छलाङ्को छायाँ थियो
त्यसैले अहिले भर्खरै म विजयी भएँ !
मलाई माला लगाऊ
तुरुन्त, रथ र अविरयात्राको तयारी गर ।
नत्र,
फेरि च्यातिदिनेछु
तिमीहरुको मन
र, जलाउनेछु त्यसलाई नारायणीको किनारमा
उखेलिदिन्छु तिम्रा आँखा
ताकि
तिमीले कहिल्यै देख्ने छैनौ
कस्ले च्यातेको थियो
ती स्वस्तिक छापे कागजहरु !
(२०७४ वैशाख १४ गते मध्यरात ।)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK