
बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको बैंकिङ क्षेत्रमा विस्तृत प्रतिवेदनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कर्मचारीको पारिश्रमिक र कार्यालय सञ्चालन शीर्षकमा उक्त परिमाणमा रकम खर्च गरेका हुुन् ।
राष्ट्र बैंकका अनुसार कर्मचारीको पारिश्रमिकमा तीनै किसिमका बैंक तथा फाइनान्सहरुले १९ अर्ब ११ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् भने कार्यालय सञ्चालन शीर्षकमा १५ अर्ब ४६ करोड २६ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । सो अवधिमा अन्य शीर्षकमा खर्च गरेको रकम भने एक करोड ६७ लाख ३० हजार रुपैयाँ रहेको छ । कर्मचारी व्यवस्थापनमा २८ वटा वाणिज्य बैंकहरुले खर्च गरेको रकम मात्र १६ अर्ब ४२ करोड आठ लाख ९० हजार रुपैयाँ रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरुले कार्यालय सञ्चालन शीर्षकमा ११ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ खर्च गरेका छन् भने अन्य क्षेत्रमा एक करोड सात लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् ।
विकास बैंक र फाइनान्स कम्पनीहरुको भने खर्च कम देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५४ वटा विकास बैंकहरुले कर्मचारीहरुको पारिश्रमिकमा दुुई अर्ब २१ करोड २३ लाख २० लाख रुपैयाँ खर्च गरेका छन् भने कार्यालय सञ्चालन शीर्षकमा दुुई अर्ब नौ करोड ९८ लाख ९० हजार रुपैयाँ खर्च गरेका छन् । अन्य शीर्षकमा भने सो अवधिमा ३४ लाख ८० हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ ।
सञ्चालनमा रहेका ३३ वटा फाइनान्सहरुले भने चालू आवको तेस्रो त्रैमासिक अवधिमा कर्मचारीहरुको पारिश्रमिकमा ४७ करोड ८१ लाख ६० हजार रुपैयाँ मात्र खर्च गरेका छन् । यसैगरी कार्यालय सञ्चालन शीर्षकमा फाइनान्सहरुको खर्च रकम ४८ करोड ६४ लाख ६० हजार रुपैयाँ रहेको छ भने अन्य शीर्षकमा गरेको खर्च रकम २४ लाख ८० हजार रुपैयाँ रहेको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्