
- अर्थ सरोकार सम्बाददाता
भरतपुर – भरतपुर महानगरपालिकाको मतगणनास्थलमा चार दिनपछि सिल खोलिएको छ । च्यातिएका मतपत्रको विस्तृत विवरण संकलन गर्न ४६ जनाको टोली बिहीबार मतगणनास्थल प्रवेश गरेको हो । उक्त टोलीले मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको बताएको छ । भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले ९० थान मतपत्र क्षति भएको देखिएकोले त्यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउने बताए ।जेठ १४ गते मध्यराति १९ नम्बर वडाको मतगणना जारी रहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । १९ नम्बरमा २८९७ मत खसेको थियो । त्यसमध्ये १८०९ मत गणना भइसकेको अवस्थामा यो घटना भएको थियो । गणना हुन बाँकी ९९८ मत भने गन्न सकिने अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत न्यौपानले बताए ।
भरतपुरका उम्मेदवार प्रतिनिधि, चितवनका प्रहरी प्रमुख दीपक थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको उपस्थितिमा सिल खोलिएको छ । च्यातिएका मतपत्रको गणना गरी त्यसको विवरण निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौंमा पठाइनेछ । च्यातिएका एवं गणना गर्न बाँकी मतपत्रहरू मतगणनास्थल कभर्ड हलमा राखिएको छ । भरतपुर महानगरमा माओवादी केन्द्रकी मेयर प्रत्यासी प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्