Skip to content
LAXMI SUNRISE BANK

थुनामा रहेका चुडामणिसँग अख्तियारले माग्यो तीन अर्ब धरौटी, तिर्न सक्लान त शर्माले ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  अख्तियारले कर छुट दिएर आकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ परेका चुडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ । यो हालसम्मकै ठुलो धरौटी माग गरिएको रकम हो । गत जेठ १९ गते पक्राउ परेका शर्मालाई हिरासतमुक्त हुन अख्तियारले विहीबार तीन अर्ब रुपैयाँ धरौटी माग गरेको हो । 
स्रोतका अनुसार अख्तियारले केही दिनमै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । उनले मुद्धा लड्न पाउनका लागि हिरासत मुक्त हुनुपर्ने छ । अख्तियारले शर्मालाई विशेष अदालतसँग थुनाका लागि म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ । यो बीचमा शर्माले उक्त रकम तिरेर हिरासत मुक्त हुन सक्छन् वा सक्दैनन् भन्ने चर्चा पनि यतिबेला चलेको छ । 
आयोगमा कूल १७२६ निवेदन परेकोमा १०६९ वटा उपर कारबाही गरि कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो। कूल ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बक्यौता मिनाहाका लागि निवेदन परेको थियो। त्यस मध्ये आयोगले ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको निवेदन फर्छ्यौट गरेको थियो। जसमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ कर तिर्न लगाएर बाँकी २० अर्ब ९८ करोड रुपैयाँको बक्यौता मिनाहा गरेको हो। कूल निवदेन परेको मध्ये १० अर्ब ३० करोड ७६ लाख रुपैयाँ फर्छ्यौट हुन बाँकी रहेको छ।
चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK