×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुडामणि शर्माले कुन त्यस्तो किताव लेखे, जसबाट उनले २३ करोड कमाए ?

  • अर्थ सरोकार सम्बाददाता 
आन्तरिक राजश्व विभागका महानिर्देशक चुनामणि शर्मालाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएसंगै उनको सम्पतिको खोजी हुन थालेको छ ।
अचम्मको कुरा त के छ भने  उनले आफ्नो आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको जनाएका छन् । जवकी उनले त्यसको चलनचल्तीको कुनैपनि पुस्तक लेखेका छैनन् । र पुस्तक निकै चलेको खण्डमा पनि किताव लेखेर २३ करोड कमाउन सक्ने स्थिति अहिले नेपालमा छैन ।  उनले लोकसेवाको परीक्षा दिनेहरुका लागि आवश्यक विभिन्न कितावहरु लेखेका छन् । लोकसेवाको परिक्षाको तयारी गरिरहेकाहरुका लागि निकै नै चर्चित लेखेक भएपनि किताव नै लेखेर २३ करोड कमाएको कुरा भने झट्ट विश्वास गर्न नसकिने नै खालको छ ।  
शर्माले सम्पत्ति विवरण बुझाउने क्रममा योमात्रै उल्लेख गरेका छैनन्, बिक्रीको प्रमाणपनि पेश गरेको बताइन्छ । उनले पुस्तक पसलहरुबाट भ्याट बिल नै लिने गरेका कारणले पनि भ्याट बापतको रकम तिरेपछि भ्याट लिन समस्या हुँदैन । यद्यपी २३ करोडको किताव बेचेर कमाएको विवरणका कारण उनी विवाद र चर्चामा छाएका छन्। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: