×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्ड सरकारले गर्यो हावाबाट बिजुली निकाल्ने निर्णय ! डेनमार्कको कम्पनीलाइ अध्ययनको जिम्मा, १५ दिनमा रिपोर्ट आउने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनै बेला केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्ने प्रधानमन्त्री भन्दै व्यंग्य गर्ने माओवादी नेतृत्वको सरकारले हावाबाट बिजुली निकाल्ने निर्णय गरेको छ । सरकारबाट बाहिरीदै गर्दा प्रचण्ड नेतृत्वको सरकारले हावाबाट विजुली निकाल्ने निर्णय गरेको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उक्त निर्णय गरेको हो । 
यता यसका लागि काम समेत थालिएको छ । बैठकले डेनमार्कको भेस्टाज वाइन्ड सिस्टम एएस कम्पनीलाई हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको छ भने डेनमार्कको सो कम्पनीलाई प्रचण्ड सरकारले भारतीय कम्पनीसँगको ज्वाइन्ट भेञ्चरमा अध्ययन गर्ने जिम्मेवारी दिएको हो ।
यता लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अन्सुआर आगामी १५ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बुझाउने गरि अनुमति दिईएको छ । ‘एक बर्षसम्म हावाको गति नाप्ने र त्यसको ३ महिना भित्र सम्भाव्यताको रिपोर्ट बुझाउने गरि अनुमति दिएका हौं ।’ उनले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: