
काठमाडौं । मधेसी दल राष्ट्रिय जनता पार्टीलाई भारतले छाडेको छ । चुनावमा जान भारतीय अधिकारीले दिएको सुझावलाई लत्याउँदै आन्दोलनको घोषणा गरेपछि भारतले राजपाको मुद्दामा बल नदिने निक्र्यौल गरेको छ ।
नेपालस्थित भारतीय राजदूतले बोलाएर राजपा नेतालाई चुनावमा जान सुझाव दिएको थियो । अझ बेला नघर्किएको जनाउँदै चुनावमा जानका लागि भारतीय अधिकारीहरूले राजपाका नेताहरूलाई भनिरहेका छन् । स्रोतका अनुसार भारतको चाहना चुनावमा सहभागीता देखाएर जनमत बटुली मधेसको स्थानीय सत्तामा मधेसीको नेतृत्व रहनुपर्ने छ । तर, चुनाव बहिस्कार गरेको खण्डमा राजपालाई त्यो अवसर नमिल्ने र अहिले चुनाव रोक्नका लागि प्राविधिक मुद्दा पनि नभएको भारतीय अधिकारीहरूले विश्लेषण गरेका छन् ।
केपी ओली प्रधानमन्त्री भएकाबेला चिसो भएको सम्बन्ध सकार्नका लागि अहिलेको गठबन्धलाई चुनाव सम्पन्न गराउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सहयोग गर्ने वाचा गरेको अवस्थामा मधेसको एउटा झुन्डलाई भारतले बोकेर हिँड्न नसक्ने अधिकारीहरूले ठहर गरेका छन् । ‘भारतसँग विग्रेको कुटनीतिक सम्बन्ध र भारतीय प्रभाव राख्ने यो मौकालाई सामान्य राजनीतिक विषयमा झुन्डिएको राजपाका लागि छाड्न मिल्दैन’, उच्च स्रोतले भन्यो,‘अन्य मधेसी दल पनि चुनावमा गएको र जिल्लामा चुनावी माहौल बढिसकेको बेलामा भारत सत्तारूढलाई सहयोग गर्न तत्पर छ ।’
बहुमत स्थानीय तहमा यो गठबन्धनको जीत हेर्न चाहेको भारतले एमालेको पराजयका लागि पनि राजपाले चुनावमा जानुपर्ने दबाब दिइरहेको छ । तर, आन्दोलनका कार्यक्रमहरू सार्वजनिक हुनुले त्यस्तो मौकामा समस्या आउनसक्ने विश्लेषण गरिएको छ ।
यता, नेपालका लागि भारतीय पूर्व राजदूत राकेश सूदले पनि चुनावमा नगए मधेसीलाई घाटा हुने जनाएका छन् । सुदले स्थानीय चुनावमा भाग नलिए मधेसी दलहरू एक्लिने र घाटा हुने विश्लेषण गरेका छन् । यो चुनाव बहिस्कारले मधेसीलाई प्रान्तीय चुनाव र केन्द्रको चुनावमा समेत धक्का लाग्ने सूदले विश्लेषण गरेका छन् ।
‘यदि उनीहरू आगामी पाँच वर्षका लागि स्थानीय राजनीतिबाट बाहिर रहे भने कार्यकर्तालाई थामिराख्न र आगामी प्रान्तीय र केन्द्रीय निर्वाचनमा राम्रो नजिता ल्याउन असमर्थ हुनेछन् ।’, सूदले भारतीय पत्रिका द हिन्दुमा सोमबार लेखेका छन्,‘एउटा सानो संख्या बाहेक, जनाधार भएका अधिकांश मधेसवादी नेताहरू दोस्रो चरणको स्थानीय चुनावमा सहभागी हुनुलाई राजनीतिकरूपले ठिक छ ।’
प्रचण्डले भारतको चाहना मानेर सम्बन्ध सुधारेको उल्लेख गरेका सूदले उनको पहिलो कार्यकालमा चिसिएको सम्बन्धमा न्यानोपन आएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्