×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियारको फन्दामा परेका चुडामणि शर्मा र पत्रकार ऋषि धमलाको अचम्मको कनेक्सन (हेर्नुहोस् ५ किस्सा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेसँगै उनका विषयमा अनेकौं टिकाटिप्पणी हुन थालेका छन् । यतिसम्मकी उनका निकट मानिएकाहरुपनि उनका विभिन्न किस्साहरु प्रस्तुत गरिरहेका छन् । यसैबीचमा उनको पत्रकार ऋषि धमलासंगको कनेक्सनपनि चर्चामा छ ।
यसो र मान्छे चिन्ने मामलामा ऋषि धमला पत्रकारहरुमध्येकै अग्र स्थानमा पर्छन् । विभिन्न टेलिभिजनहरुमा थुप्रै बहस चलाउने उनी कम्ती मेहेनती पनि छैनन् । अहिलेपनि विभिन्न टेलिभिजनहरुमा र रेडियोहरुमा उनको कार्यक्रम प्रशारण हुन्छ । यसैबीच चुडामणि शर्मा पक्राउपरेसँगै पत्रकार धमाला र चुडामणि शर्माको कनेक्सनबारे चर्चा चल्न थालेको छ । खास के हो त धमला- शर्मा कनेक्सन ? हेर्नुहोस् ५  बुंदामा !
१. पत्रकार ऋषि धमला प्राय: राजन्तीक कार्यक्रममा देखिन्छन् । तर केहि समय अगाडी उनले एउटा आर्थिक कार्यक्रम संचालन गरे । कार्यक्रमको नाम थियो ‘आर्थिक बहस’ । नेपाल टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रम चुडामणि शर्माकै सेटिङमा तयार भएको थियो ।
२. उक्त कार्यक्रम आर्थिक बहस आन्तरिक राजस्व विभागको प्रायोजनमा चलेको थियो । सो कार्यक्रमको प्रयायोजन शर्मालाई पटक पटक अतिथि बनाउने सहमतिमा शर्माकै सेटिंगमा तय भएको थियो ।
३. आन्तरिक राजश्व विभागबाट एक भाग कार्यक्रमको धमलाले निकै मोटो रकम लिने गरेका थिए । पुन: उनी उक्त कार्यक्रमको निर्माणको तयारीमा थिए । तर अव त्यो प्रयासमा ब्रेक लाग्ने सम्भावना धेरै छ ।
४.चुडामणि शर्मा र धमला कार्यक्रमका लागिमात्र होइन धेरै कुरामा उनीहरुको उठबस हुन्थ्यो । शर्माका कतिपय आलोचकहरुले त धमलालाई मासिक रुपमा ‘चिया खर्च’ भन्दै शर्माले पैसापनि दिने गरेका थिए ।
५. धमला निकटहरु नै भन्छन्, ‘धमलाले एक न्यूज च्यानलमा चलाउने कार्यक्रमको सम्पूर्ण रकम एक मिडिया हाउसले तिरिदिन्थ्यो । त्यसवापत उक्त मिडिया हाउसलाई चुडामणि शर्मामार्फत राजश्व विभाग सम्बन्धित काम र विज्ञापन आउँथे ‘  
हामीले यी किस्साहरुबारे पत्रकार धमलाको राय बुझ्न पटक पटक सम्पर्क गर्यौं । शर्मा पक्राउ परेदेखिनै उनको फोन निकै व्यस्त छ ।  
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: