
बाजुरा स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गर्न पाएका छैनन्।
यसपटक पनि उनका साहुलाई नै मतदान गर्न दिने योजनामा छन्। भन्छन् –हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भाग्य रौतेलाकन बिन्ती गरुँला – हामी थाहा पाउँदैनौं, बिग्रिएला, बाबुसाहेब उठेका छन्। साहुलाई मत हाल्न अनुरोध गर्छु।’ यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीलगायत जिल्लामा अझै पनि खलो र हलिया प्रथा कायमै छ। आफ्नो जग्गा नभएका कारण यहाँका दलित उपल्ला जातिको खेतमा काम गर्छन्। खेतमा काम गरेवापत पाउने अन्नलाई खलो प्रथाका रुपमा मानिन्छ।
शिक्षाबाट बञ्चित भएका कारण उनीहरुले आफैंले मतदान गर्दा बिग्रने डरले साहुलाई मतदान गर्न दिन्छन्। यस क्षेत्रका दलित मध्ये कडाराले घर चिन्ने, लुहारले फलामको काम गर्ने , दमाईले कपडा सिलाउने, चदाराले काठको काम गर्ने र सहनाईले बाजा बजाउने काम गरेवापत अन्न पाउँछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्