Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको ६१ लाख ऋण प्रकरण, ‘रिकभरी’ डिपार्टमेन्टका कर्मचारीले उल्टै दिए यस्तो धम्की !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘जो चोर उसैको ठुलो स्वर’ भनेजस्तै ऋण लिंदै नलिएको मान्छेलाई ६१ लाख ऋण तिर्नुहोस् भन्दै पत्र पठाउने सिभिल बैंकका रिकभरीका कर्मचारीले उल्टै उक्त पत्र जसले बुझेपनि बुझीसकिएको हुनाले आफु अव पत्रिकामा ऋणीको नाम प्रकाशित गर्ने धम्की दिएका छन् । लिंदै नलिएको ऋण तिर्न सिभिल बैंकले गरेको तागेताबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि बैंकका रिकभरी विभागका कर्मचारी रुपक क्षेत्रीले बिहिबार अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेललाई फोन गर्दै आफु ऋणीको नाम पत्रिकामा छाप्ने चेतावनी दिएका हुन् । उनले आफुले सहि ठाउँमै चिठी पठाएको, बैंकमा प्रस्तुत भएको ठेगानामानै चिठी पठाएको झुटो दावी गर्दै अव आफु पत्रिकामा ऋणीको नाम प्रकाशित गर्ने चेतावनी दिएका हुन् ।
सिभिलका कर्मचारीको झुटो दावी !
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सिभिलका कर्मचारी क्षेत्रीले थुप्रै गलत दावी गरेका छन् । उनले आफुले बैंकमा उल्लेख भएकै ठेगानामा चिठी पठाएको दावी गरेका छन् । जवकी चिठीमा उल्लेख भएको ऋण लिने कम्पनी डिल्लीबजारमा छ भने अर्थ सरोकार डटकमको कार्यालय कोटेश्वरमा छ । कोटेश्वरमा रहेको उक्त कार्यालय भएको घरमा यसअघि पत्र पठाइएका ऋणीसमेत बसेका थिएनन् । यसअघि बैंकबाट कुनैपनि खालका पत्रसमेत उक्त कार्यालयमा आउने गरेका थिएनन् । तर यसपाली ६१ लाख ऋण तिर्नु भन्दै तागेता गरिएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले उल्टै ठुलो स्वर गर्दै भने, ‘तपाइँले चिठी हेरेपछि आफुलाई नआएको भएपनि फर्काउनुपर्थ्यो नि त !’ हामीले अरुको चिठी भन्ने थाहा पाउने बितिकै सम्बन्धित व्यक्ति र बैंकलाई फोन गरेका थियौं । सम्बन्धित व्यक्तिको फोन लागेन भने बैंकका कर्मचारीले तपाईं साक्षी बस्नुभएको थियो होला, त्यहि भएर पत्र तपाईंका आएको होला, म बुझेर फोन गर्छु त भने तर फोन फर्काएनन् । उनले आफुले कहाँ चिठी पठाएको ठाउँ सहि रहेको समेत पटक पटक झुटो दावी गरे।   

रुपक क्षेत्रीको धम्की, ‘जसले बुझेपनि चिठी बुझिसक्यो, अव पत्रिकामा सुचना छाप्ने हो’
अर्थ सरोकारका सम्पादकसँग कुराकानी गर्दै रुपक क्षेत्रीले जसले चिठी बुझेको भएपनि चिठी बुझीसकिएको हुनाले अव ऋणीको विवरण सहितको सुचना पत्रिकामा छाप्ने चेतावनी दिएका छन् । ‘प्रेस काउन्सिलको पत्र ल्याउने हुलाकबाट नै पत्र आएकाले कर्मचारीले बुझे । सिभिलबाट पत्र आएको भनेपछी मैलेपनि केहि खण्डन होला  भन्ने सोचेर पत्र खोलियो । प्रेस काउन्सिल बाट सधैं पत्र ल्याउनेले नै पत्र ल्याएकाले अगाडी खास हेरिएन । यसअघि सिभिल बैंकका थुप्रै समाचारहरु हालेका थियौं । खण्डन हो कि भनेर हेर्दा पत्र त अर्कैलाई पठाइएको रहेछ’ भन्ने जानकारी दिंदा पनि क्षेत्रीले जसले बुझेपनि चिठी बुझिएको छ, अव पत्रिकामा छाप्छौँ, भन्ने ठाडो उत्तर फर्काएका थिए । जसका नाममा चिठी आएको छ, उनलाई बारम्बार फोन गर्दासमेत उनको फोन लागेको छैन।
(बैंकका कर्मचारी क्षेत्रीसँग गरिएको कुराकानी, र  बैंकले पठाएको चिठी अर्थ सरोकार डटकममा सुरक्षित छ ।)  
यो पनि पढ्नुहोस् : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK