
महिनादेखि कमजोर बनेको मनसुन बिहीबार दिउँसो २ः१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ।
मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा विद्यमान रहेको छ। यसले मनसूनी गतिविधि सक्रिय हुदाँ अझै केही दिन बर्षा हुने अनुमान विभागले गरेको छ ।
देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ रहेको छ। शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
जल तथा मौसम पुर्वनुमान महाशाखा एयरपोर्टका मौसमविद सुवास रिमालका अनुसार मध्य र पुर्वी क्षेत्रमा मनसुन सकृय भएको छ। आइतबारदेखि मध्य र पश्चिम क्षेत्रमा सकृय हुने भए पनि सोमबार देखि मौसम सुधार आउने बताए।
आइतबार देशभर मनसुन सक्रिय भए पनि पुर्वमा कम्जोर हुने तर तुलनात्मक रुपमा मनसुन कम्जोर बन्दै जाने रिमालले बताए। शनिबार यस बर्षकै उच्च पानी परेको छ। सिमरामा दुई सय १७, जनकपुरमा एक सय ३७, दाङा एक सय ६७, नेपालगन्जमा एक सय ६९ मिलिमिटर पानी परेको छ।
अन्नपूर्ण पोस्टबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्