×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानीमाका निरङ्कुश सीइओले खोसे कर्मचारीको ‘प्रजातान्त्रिक अधिकार’, कर्मचारीको जागिर खाइदिने धम्की !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानीमाका निरङ्कुश सीइओले खोसे कर्मचारीको ‘प्रजातान्त्रिक अधिकार’, कर्मचारीको जागिर खाइदिने धम्की !

Artha Sarokar

८ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सानीमा बैंकका सीइओ भुवन दाहालले बैंकका कर्मचारीको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेका छन् । बैंकका सीइओले बैंकमा कर्मचारी युनियन गठन गरे जागिर नै खाइदिने चेतावनी दिएपछि बैंकका कर्मचारीहरु एकातर्फ बैंकमा कर्मचारी युनियन गठन गर्न असमर्थ भएका छन् भने अर्कोतर्फ कुनैपनि बेला जागिर जाने डरले त्राहिमाम बनेका छन् ।
‘युनियन गठनको तयारी थियो । तर सीइओले सबैलाई थर्काएपछि बैंकमा कर्मचारी युनियन गठन हुन सकेन ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘युनियन गठनका क्रममा को को लागेका थिए भन्ने नाम संकलन गरेर बैंकभित्र आन्तरिक सर्कुलर गरिएको छ । कुनै पनि बाहानामा ती कर्मचारीलाई सरुवा गर्न वा जागिरबाट निकालिदिन सीइओले निर्देशन दिएका छन् ।’    
हाल  नेपालभरका २८ वाणिज्य बैंकहरुमध्ये हालसम्म २० वटा वाणिज्य बैंकहरुमा कर्मचारी युनियन गठन भएका छन्  भने ८ बैंक युनियनबिहिन छ ।  हालसम्म कर्मचारी युनियन गठन नभएका बैंकहरुम सनराइज बैंक, एनएमबी बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स इन्टनेशनल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र सानिमा बैंक छन् । सानीमामा युनियन गठन गर्दा सीइओले जागिर खाइदिने चेतावनी दिएपछि अहिले कर्मचारी युनियन गठन गर्ने काम असफल भएको छ । 
कर्मचारीको हक हितका लागि कर्मचारी संगठन खोल्ने अधिकार प्रजातान्त्रिक अभ्यास हो भने यसलाई नेपालको सविधानले पनि सुनिस्चित गरेको छ । तर निकै नै निरङ्कुश भएपछि कर्मचारीले ‘हिटलर’को उपनाम दिएका सीइओको जागिर खाइदिने धम्कीका कारण अहिले सानीमा बैंकका कर्मचारीहरु तनावमा छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी