×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योतिषशास्त्र अनुसार विहानै यी कुरा देख्नुभयो भने तपाईंको दिन शुभ हुन्छ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योतिषशास्त्र अनुसार विहानै यी कुरा देख्नुभयो भने तपाईंको दिन शुभ हुन्छ !

Artha Sarokar

२० आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शुभ र मंगलमय दिनको शुरुवातका लागि ओच्छ्यानबाट उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् ।शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ । जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत विहानमा हुने शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् ।
१- विहानमा आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ ।
२- विहान निद्रा खुलेपछी पहिलो आवाजकोरुपमा मन्दिरको घण्टी वा भजन किर्तन सुनियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । तर नियमित मन्दिरको नजिक बस्नेका लागि यो कुरा लागु नहुन सक्छ ।
३- विहानमा उँखु देखियो भने पनि आर्थिक अवस्था सुधार हुने शुभ संकेत मिल्छ ।
४- विहानमा उठ्नासाथ श्रृंगार गरेकी सुन्दरी महिला तपाइँको नजरमा परिन् भने दिन सुखद् हुने संकेत दिन्छ ।
५- विहानमा नरिवल, हाँस, शंख देख्नु पनि शौभाग्यको प्रतिक मानिन्छ ।
६- घरबाट निस्किने बेला सेतो गाइ देखियो भने पनि यसले तपाइँको दिन शुभ हुने संकेत दिन्छ ।
७- विहानको सपनामा सेतो वा स्वर्ण सर्प देखियो भने पनि तपाइँको घरमा पैसा आउने संकेत दिन्छ ।
८- यात्रामा जाने समयमा विहानै बाँदर, कुकुर वा सर्प वा कुनै पंछी देखियो भने यात्रा सुखद् हुने संकेत गर्छ ।
९- विहानपख देखिने सपनामा हरियाली, उल्लु वा पानी देखियो भने बुझ्नुस् तपाइँको भाग्य छिटै चम्किँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी