
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केहि व्यापारीहरुलाई राष्ट्रिय स्तरका भ्रष्टाचारी घोषणा गर्दै उनीहरुलाई ‘कारवाही’ गर्ने भएको छ । पार्टीले राज्यसभा र संसदको चुनाव खारेज गर्ने औपचारिक निर्णय गरेको छ भने राज्यलाई कर छली गर्नेदेखि जनतालाई लुट्ने व्यापारीहरुलाई उसैको भाषामा ‘जनकारवाही’ गर्ने भएको छ ।
यसरी राष्ट्रिय स्तरका भ्रष्टाचारी घोषित हुनेमा नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फर्छ्योट आयोगका निलम्बित प्रमुख चुडामणि शर्मा, व्यपारी अजय सुमार्गी, जनमैत्री अस्तपाल, चन्द्रागिरी केबलकारका मालिक चन्द्र ढकाल लगायत छन् । चुडामणि शर्माले कर छलेको अजय सुमार्गीले कालोधनलाई प्रसय दिएको, जनमैत्री अस्पताल र चन्द्रागिरी केवलकारले जनता ठगेको र आइएमइका नाममा हुन्डीको व्यापारलाई प्रयास दिएको भन्दै आइएमइ र चन्द्रागिरी केवलकारका मालिक चन्द्र ढकाल लगायतलाई पार्टीले कारवाही गर्ने भएको हो ।
कस्तो कारवाही होला ?
‘विभिन्न भ्रष्टाचारीहरुलाई विभिन्न खाले कारवाही गरिन्छ ।’ पार्टीका एक नेताले अर्थ सरोकार डटकमसँग भने, ‘जनतामाराहरुलाई कुनै पनि हालतमा छोडीदैन । जनताको पसीनामाथि खेलबाड गर्ने कसैलाई छोडीदैन ।’ उनका अनुसार समय र परिस्थिति अनुसार व्यापारीहरुलाई कारवाही गरिनेछ । ‘अजय सुमार्गी जस्ता कालो धनका हिमायती र चन्द्र ढकाल जस्ता भ्रष्ट व्यक्तिका कारण देश लुटेराहरुको हातमा परेको छ । यिनीहरुलाई कुनै पनि हालतमा हामी कारवाही गर्छौं ।’ ती नेताले भने ।
चन्द्र ढकाल अध्यक्ष भएको आइएमइका यी कर्तुतहरु पढ्न छुटाउनु भयो कि ?
चन्द्र ढकाल अध्यक्ष भएको चन्द्रागिरी हिल्स लिमिटेडका यी कर्तुतहरु पढ्न छुटाउनु भयो कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्