×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३१ तस्विरमा हेर्नुहोस् हिमालपारीको जिल्ला ‘मनाङ’ : जहाँ स्वर्गको टुक्रा तपाईंलाई पर्खीरहेछ…(फोटोकथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

१३१ तस्विरमा हेर्नुहोस् हिमालपारीको जिल्ला ‘मनाङ’ : जहाँ स्वर्गको टुक्रा तपाईंलाई पर्खीरहेछ…(फोटोकथा)

  • सविता सापकोटा / अर्थ सरोकार डटकम 
‘हिमाल’ छ र त स्वाभिमान, हिमाल जस्तै अटल छ देशको । त्यहि हिमाल छ र त देशभित्र देश छ, र देशत्वको गर्व छ नागरिकसँग । सेता हिमालहरुले देश बुझाइरहेछ, अनि बुझ्नेले यस्तो पनि बुझिरहेछन् कि, ‘हिमाल नबुझेर देशले आफ्नो अस्तित्व बुझेको छैन ।’ र पनि त्यो हिमाललाई देशले नबुझ्नुको गुनासो छैन । र हाँसीरहन्छ निरन्तर, अविरल ।
तर हिमालको काखमा मात्र होइन हिमालपारि झन् सुन्दर देशत्व छ । र छ स्वर्गको एउटा टुक्रा ‘मनाङ’ । राख्नेले हिमाल पारीको जिल्ला भनेर नाम राखिदिए, बुझ्नेले त्यहि बुझिदिए । तर पारी त ‘हिमालपारी’ हो, त्यहाँ पुगेपछि लाग्छ यो मनको सबैभन्दा नजिक दुरीविहीन छ मेरो मनाङ । 
मनाङलाई यो देशको बागडोर सम्हालेको सिंहदरबारले बिकासका गुच्छाहरु नदिएपनि झरना र खोलाहरु तर्नलाई बनाइएका काठका पुलहरुले देश बोलीरहेछ । र त मनाङ जानुको आनन्द बेग्लै छ । नेपालको सबैभन्दा जोखिमयुक्त सडक हुँदै हिड्दै जाँदा मनमा चसक्क डर पसेपनि मन त कहाँ बस् मा रहन्छ र मनाङ देखेपछी । देशभित्र एउटा छुटै देश छ । सुन्दरभूमिमा प्रकृतिले यस्ता छटाहरु भरिदिएकी छिन्, लाग्छ, ‘यो मनाङ छ र त मेरो भूमि सुन्दर छ । यो मनाङ छ र त सुन्दरताको पनि अस्तित्व छ । यो मनाङ छ र आनन्द छ । 
भलै यो क्यामराले मनाङका सारा सुन्दर साहसी सुस्केराहरु खिच्न सक्दैन । त्यहाँ पुगेपछि हुने मनको आनन्दलाई बुझाउन सक्दैन । मनाङ पुगेपछि आँखाले बोलेका भाव र मनको धड्कन खिच्न सक्दैन । र सक्दैन मनाङमा मनलाई ‘मन’ जस्तै मीठो मोहरले मारेको यथार्थ । र पनि क्यामराको लेन्स उतै तिर फर्कन्छ । विश्राम नै नलिइ हातका औंलाहरु मनाङका हरेक सुन्दर छटाहरुलाई आफ्नो बनाउन खोज्छ र जरुर बन्छ एउटा फोटोफिचर :
 
  
 
 
 
 
 
 
 
  
 
 
 
 
 
 
 
 
 
 
 
 
  
 
 
 
 
 
  
 
 
 
 
 
 
 
 
  
 
 
 
 
 
 
  
 
 
 
 
 
 
 
 
 
  
 
 
 
 
  
 
 
 
  
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: