
काठमाडौँ- बैंकर अनिल केशरी शाह । खुब तलव खाने बैंकरका रुपमा परिचित एउटा नाम । बैंकको जागिर भनेपछी अनिल शाहको तलवको कुरा पनि जोडिएर आउँछ । मेगाका तत्कालीन सीइओ र केहि दिन अघिमात्र सेन्चुरी बैंकको सीइओका लागि सम्झौता गरेका शाहको तलव सम्बन्धी यस्ता केहि तथ्यहरु छन् जो तपाईंलाई थाहा नहुन सक्छ ।
१. मेगा बैंक स्थापना सन् २०१० सालमा भएको हो । मेगा बैंक लिमिटेडबाट अनिल शाहले पहिलो महिनाको ‘बेसिक’ तलव १२ लाख २५००० बुझेका थिए । यो त्यतिबेला सीइओलाइ दिइएको निकै आकर्षक तलव मानिन्थ्यो।
२. सामान्यतया बैंकमा तलव ‘रिभाइज’ भइनै रहन्छ । बैंकमा केहि समय वा बर्षपछी हुने प्रमोसनले पनि तलव बढाउँछ । तर तपाईंलाई अचम्म लाग्न सक्ने कुराचाहिं के हो भने अनिल शाह जुन तलवको सम्झौता गरेर बैंक छिरेका थिए, उनी केहि दिनअघि अर्को बैंक जाँदा पनि उनको तलव त्यहि १२ लाख २५ हजार नै थियो ।
३. अनिल शाहको तलवबारे निकै भ्रमहरु पनि छरिए । बैंकिङ क्षेत्रकै व्यक्तिहरुले पनि अनिल शाहको तलव १७-१८ लाख हुने गरेको भ्रम छरेका थिए । यद्यपी उनले अन्य थुप्रै सुविधाहरु पनि तलवसँगै लिने गर्दथे ।
४. बैंकमा विभिन्न समयमा बोनस दिने गरिन्छ । ती बोनसहरुलाई एक पटक छोडौं । दशैंको बेला पेस्की त सबै ठाउँमा नै दिने गरिन्छ । अनिल शाहले दशैंको बेला पाउने नियमित तलवको गुणा गर्दा अनिल शाहले २०१० सालमा दशैँमा बुझेको तलवले काठमाडौँमा एउटा ठिकैको घर आउंथ्यो ।
५. तलव कति हुन्छ भन्ने जानेपछि अनिल शाहको खर्च कति हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो । सबै सुविधा बैंकले नै दिने भनेपछि उनको खास खर्च नहुने उनी निकटहरु बताउँछन् । यसो त उनी निकै खानदानी परिवारबाट आएका व्यक्ति हुन् । उक्त पैसा अनिल शाहले कहाँ लगानी गर्छन् भन्ने कुरा उनी नजिकका साथीहरु पनि थाहा नभएको बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्