Skip to content
LAXMI SUNRISE BANK

चुनावको मुखमै बाबुरामलाई दशा लाग्यो, हर्ताकर्ता नै बाम गठबन्धन प्रवेश गरेपछि भट्टराईको ‘सात्तोपुत्लो’ उड्यो !

अर्थ सरोकार

  • इलेक्सन ब्यूरो / अर्थ सरोकार डटकम 
गोरखा- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराइलाई दशा लागेको विश्लेषण गर्न थालिएको छ । बाबुरामलाई जिताउन खुब लागिपरेका नयाँ शक्ति नेपालका नेता एवम् तामाङ गुठी समाज पालुङटारका अध्यक्ष शेरबहादुर तामाङ बाम गठबन्धनमा प्रवेश गरेपछी अहिले बाबुराम भट्टराइको सात्तोपुत्लो उडेको जानकारहरुको टिप्पणी छ । नेता तामाङ हिजो मात्र बाम गठबन्धनमा प्रवेश गरेका हुन् । बाम गठबन्धनमा लाग्ने बितिकै उनले धेरै मतदाताहरुलाई प्रभावमा राख्न सक्ने जानकारहरु बताउँछन् । 
पालुङटार क्षेत्रमा राम्रो प्रभाव बनाएका तामाङले बिसर्जनको बाटोमा गएको नयाँ शक्ति नेपाललाई भोट नदिन र नारायणकाजी श्रेष्ठलाई गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि बिजयी गराउन अपिलसमे गरेका छन् ।व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पारे ।
यता नयाँ शक्ति नेपालका कार्यकर्ताहरुले मिस्रित प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दै गर्दा अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै गोरखाका नयाँ शक्तिका केहि कार्यकर्ताहरुले तामाङले पार्टी छोड्दा सबैको होस् उडेको प्रतिक्रिया दिएका छन् भने केहि कार्यकर्ताहरुले त्यस्ता अवसरवादी नेता हिंडेर केहि लछारपाटो नलाग्ने प्रतिक्रिया दिएका छन् ।   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK