
भक्तपुर – भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा भएका छन् ।
आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहिबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुवै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन् ।
भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) चाँगुनारायणमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिपी (देवीप्रसाद) ढकालले उम्मेदवारी दर्ता गराए । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको भन्दै एमाले र (माओवादी केन्द्र)का नेता एवं दलका झण्डा बोकेर र्यालीसहित आएका थिए ।
त्यसको आधा घण्टापछि एमालेको केन्द्रीय नेता एवं कार्यकर्ताको जुलुसको नेतृत्व गर्दै पार्टीको झण्डा लिएर आफू आधिकारिक उम्मेदवार भएको भन्दै एमाले जिल्ला सचिव हरिशरण लामिछानेले निर्वाचान कार्यालयमा आएर उम्मेदवारी दर्ता गराए ।
वाम गठबन्धनको तर्फबाट आफूले टिकट पाएको भन्दै ढकालले आफैँ आधिकारिक उम्मेदवार भएको दाबी गरे भने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट ल्याएका लामिछानेले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गरे ।
वामगठबन्धन भए पनि यस क्षेत्रमा दुवै पार्टीको उम्मेदवारी परेपछि विवाद सिर्जना भएको छ । यता नेपाली कांग्रेसमा पनि यस्तै समस्या आएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ (क) सूर्यविनायकमा नेपाली कांग्रेसका जिल्ला सचिव उद्धव सिलवालले दलबल र र्यालीसहित उम्मेदवारी दर्ता गराए ।
त्यसको आधा घण्टापछि पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई टिकट दिएकाले आफैँ आधिकारिक उम्मेदवार भएको बताउँदै कांग्रेसका युवा नेता अंगद खड्काले उम्मेदवारी दर्ता गराए । उनको उम्मेदवारी परेसँगै कांग्रेस वृत्तमा तरंग पैदा भएको छ ।
सिलवालले भने, ‘पार्टीले मलाई नै टिकट दिएको छ, त्यसैले काँग्रेसको आधिकारिक उम्मेदवार म हुँ, खड्काले कसरी टिकट पाउनुभयो मलाई थाहा छैन, उहाँको टिकट नै फर्जी हुनसक्छ ।’ यता खड्काको दाबी पनि यस्तै नै छ । उनी भन्छन्, ‘पार्टी सभापति शेरबहादुर देउवाले नै मलाई टिकट दिनुभएको हो, सिलवालजीले कहाँबाट टिकट ल्याउनु भो मलाई थाहा छैन, कांग्रेसको आधिकारिक उम्मेदवार मै हुँ ।’ कांग्रेस र वाम गठबन्धनमा छुटृाछुटृै क्षेत्रमा बागी उम्मेदवार खडा भएपछि परेपछि तरंग र विवाद सिर्जना भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्