Skip to content
LAXMI SUNRISE BANK

तेश्रोलिंगीका नेता भूमिका भन्छिन्, ‘कम्युनिष्टहरू दूर्योधन हुन्, भिष्मपितामहका अघि टिक्दैनन्’

अर्थ सरोकार

काठमाडौँ- कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी तेश्रो लिंगी कलाकार भूमिका श्रेष्ठले भिष्म पितामहलाई ढाल्ने तेस्रो लिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरू टिक्न नसक्ने दावी गरिन् । उनले यौनिक तेश्रो लिंगीको हितमा समर्पित ब्ल्यू डायमण्ड सोसाइटीले नेपालभरका तेस्रो लिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएको घोषणा गरिन् । 
चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि ढल्ने र दुर्याधनहरूको त नासै हुने उनले वताइन् । महाभारतको एक प्रसंग उल्लेख गर्दै भूमिकाले भनिन्,‘महाभारतको धर्म युद्धमा नारी वा पुरूष कसैले पनि परास्त गर्न नसक्ने वरदान प्राप्त भिष्मपितामहलाई तेस्रो लिंगी शिखण्डीले धराशायी बनाएर ढालेका थिए, हामी अल्पसंख्यक तेस्रो लिंगी सबै नेपाली कांग्रेसको पक्षमा लागेकोले चुनावी मैदानमा कम्युनिष्टहरूको हार निश्चित छ।’ जनप्रहार साप्ताहिकमा खबर छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK