×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अचम्म ! सरकारले ‘अखाद्य’ पुष्टी गरेको व्यञ्जन तेलले पायो नेपाल गुणस्तर चिन्ह, ठुलो रकमको चलखेल भएको आशंका !

PRIME CA

अचम्म ! सरकारले ‘अखाद्य’ पुष्टी गरेको व्यञ्जन तेलले पायो नेपाल गुणस्तर चिन्ह, ठुलो रकमको चलखेल भएको आशंका !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी सरकारले ‘अखाद्य’ घोषित गरेको ब्यन्जन ब्राण्डको तेलले नेपाल गुणस्तर चिन्ह पाएको छ । निम्बस समूहले एक वर्ष अघिदेखि उत्पादन सुरु गरेको यो तेलमा एसिड भ्यालु बढी पाईएपछी सरकारले व्यञ्जन ब्राण्डको तेललाई अखाद्य घोषित गरेको थियो । व्यञ्जनसहित सनफ्लो र फेमीली तेल पनि अखाद्य घोषित भएका थिए ।
ठुलो रकमको चलखेलको शंका !
यता केहि समय अगाडीमात्र सरकारले अखाद्य घोषित गरेको तेललाई अखाद्य घोषित गरेको केहि महिनापछी तुरुन्त नेपाल गुणस्तर चिन्ह दिनुका पछाडी ठुलो रकमको चलखेल भएको शंका गरिएको छ । यहि शंका गर्दै यसबारे छानविन गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका केहि निकायमा समेत उजुरी परेको बुझिएको छ । उक्त तेल अखाद्य घोषित भएपछी उक्त चिन्हका लागि ठुलै बार्गेनिङ भएको भन्दै सत्य तथ्य अनुसन्धान गर्नका लागि अख्तियारमा उजुरी परेको छ ।    

झुटो दावी सहित कम्पनीको विज्ञप्ति !
यता कम्पनीले विभिन्न संचारगृहहरुलाई झुटो दावी सहितको विज्ञप्ति समेत पठाएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै कम्पनीले गुणस्तरीय उत्पादनकै कारण व्यञ्जनले छोटो समयमा गुणस्तर चिन्ह पाएको दावी गरेको छ । जवकी यो तेल खान योग्य नभएको तथ्य कसैबाट पनि लुकेको छैन । यो तेलकै कारण स्वास्थ्यमा निकै ठुलो असर पर्ने तथ्य केहि समय अगाडी बाहिरिएको थियो । कम्पनीले व्यञ्जन ब्राण्डमा सूर्यमुखी र तोरीको तेल उत्पादन गर्दै आएको छ । जसमा एसिड भ्यालु हुनुपर्ने भन्दा बढी भएको भन्दै केहि समय अगाडी सरकारले कारवाही प्रक्रिया सुरु गर्ने बताएको थियो । 
कम्पनीले अत्याधुनिक स्विडेनको प्रविधिबाट प्रशोधन गरिने तेल क्लियर र पारदर्शी रहेको झुटो दावी पनि विज्ञप्तिमा गरेको छ । यो तेल प्रयोग गर्नाले क्यान्सरसमेत हुने तथ्य केहि समयअगाडी सार्वजनिक भएको थियो । कम्पनीले तेलमा भिटामिन ‘ए’ र ‘डि’ मिसाइएको दावी गरेको छ । तर यो तेल खान अयोग्य भएको खबर सार्वजनिक भएपछी कम्पनीले जनताको आँखामा छारो हाल्ने र जनस्वास्थ्यमा खेलबाड गर्ने काम गरेको छ ।
   
 यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: