×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनाव लगत्तै नयाँ आईजीपी, टेबुलमा घन्टी बज्यो भुइँमा मोबाईल बर्जियो

PRIME CA
GLOBAL IME BANK

चुनाव लगत्तै नयाँ आईजीपी, टेबुलमा घन्टी बज्यो भुइँमा मोबाईल बर्जियो

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चुनाव लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीका आईजी प्रकाश अर्याललाई परिवर्तन गरी एआईजी जयबहादुर चन्दलाई आईजी बनाउने तयारी गरेका छन् । पूर्वआईजी उर्पेन्द्रकान्त अर्यालको अवकाशसँगै चन्दलाई आईजी बनाएका देउवाले आफ्नो वाचा पूरा गर्न चुनाव लगत्तै चन्दलाई आईजी बनाउन लागेका हुन् । स्रोतका अनुसार आईजी प्रकाश अर्यालाई राजीनामा दिन लगाउने नमानेको खण्डमा प्रधानमन्त्रीको सुरक्षा सहल्कारमा सरूवा गरेर चन्दलाई आईजीको फूली लगाउने निर्णय प्रधानमन्त्री देउवाले गरेका छन् । 
दुई महिना अगाडी नै प्रधानमन्त्री देउवाले आईजी प्रकाश अर्याललाई राजीनामाको लागि दबाब दिँदै आएका थिए । चुनावको मुखमा आईजी परिवर्तन गर्दा गलत म्यासेज जाने र प्रतिपक्षले यसलाई नै मिडियाबाजी गर्ने हुँदा तत्काल आईजी परिवर्तन गर्न नहुने अन्य नेताको सहल्लाह पश्चात देउवा पछि हटेका थिए । तर अबको सरकार बाम गठबन्धनको बन्ने निश्चित जस्तै देखिएपछि राजीनामा दिनु अगाडी नै चन्दलाई आईजी बनाएर प्रधानमन्त्री देउवाले बालुवाटार छाड्ने तयारी गरेका हुन् । उता आईजीको फूली लगाएदेखि नै राजनीतिक दबाबमा पर्दै आएका आईजी अर्याल र एआईजी चन्दको हाल बोलचालीनै बन्द भएको छ । एक महिना अगाडी सचिवालयमा भएको एक मिटिङमा आईजी अर्यालले एआईजीहरूको सात्तो खाँदै आफ्नो मोबाईल भूईमा बजारेका थिए ।
मिटिङमा राँकिदै गरेका अर्यालको मोबाईलमा फोनको घन्टी बजेपछि भुईँमा फँया्केका थिए । फोन झटारो हान्दै केही नबोली आईजी अर्याल बाहिरेपछि अन्य एआईजीहरू पनि बाहिरिएका थिए । स्रोतका अनुसार दश मिनेटको मिटिङमा आईजी अर्यालले एआईजी चन्दलाई लक्षित गदै घुमाउरो पाराले गाली गरेका थिए । ‘यँहा प्रहरीको ईन्सपेक्टर पनि आईजी फलानोलाई बनाउने भन्दै हिँडेको छ । कारवाही गर्छु याद गर्नू’ भन्दै अर्यालले मिटिङमा सहभागी एआईजीलाई गाली गरेको स्रोतले बतायो । 
भाग्यले आईजी बनेका अर्याल र चन्दबीच ६–६ महिना आईजी बन्ने सहमती थियो । त्यहि सहमतिअनुसार चन्दले अर्याललाई आईजी बनाउन देउवालाई मनाएका थिए । तर पछिल्लो समय अर्यालले राजीनामा दिन अस्वीकार गरेपछि चन्द र अर्यालबीचको सबन्धमा तुषारो पलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: