
दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कतिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन्। करिब २४ वर्षअघि बनेको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गरी वैज्ञानिक नबनाएसम्म दुर्घटना नियन्त्रण नहुने विज्ञहरूको राय छ।
‘एक लाख ४० हजार सवारी साधन दर्ता भएको बेला बनेको सवारी ऐन करिब १९ लाख सवारी दर्ता भएको अवस्थासम्म कार्यान्वयनमा छ’, नेपाल प्रहरीका पूर्वडीआईजी एवम् सवारी दुर्घटनाविज्ञ केशव अधिकारीले भने, ‘अर्काको कमजोरी औंल्याउनुभन्दा ऐन नै संशोधन गर्नुपर्छ। ’
धादिङको गजुरीस्थित वाङ्गेमोडमा शनिबार भएको बस दुर्घटनास्थल नजिकै केही वर्ष पहिले गोरखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भई त्रिशूली नदीमा खस्दा कम्तीमा ४० जनाको मृत्यु भएको थियो। उनले स्मरण गराउँदै भने, ‘त्यो सडक डेथ–जोन हो, यसमा स्थलगत सचेतना खै ?’
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका अनुसार सवारी दुर्घटना मुख्य गरी मानवीय कमजोरी, यान्त्रिक गडवडी, सडकको दयनीय अवस्था र मौसम खराबीका कारण हुन्छ तर पनि ८७ प्रतिशत दुर्घटना मानवीय कमजोरी एवं चालकको लापरवाहीका कारण हुन्छन्।
पूर्वडीआईजी अधिकारी भन्छन्, ‘चालकको कमजोरी देखाएर दुर्घटनाबाट कोही उम्कन पाउँदैन। दुर्घटना हुनुमा सबैभन्दा बढी दोषी ऐन कानुन नै छ। पाँच लाख तिरे मान्छे मार्न पाइने जस्तो व्यवस्था अथ्र्याइएको छ, त्यो गम्भीर कमजोरी छ। ’ यो खबर आजकोगोरखापत्रमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्