
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका जनतालाई फकाउन अनेक नाटक गरिरहेका छन् ।
पुत्र प्रकाश दाहाल बितेको ३ दिनमै चुनाव प्रचारप्रसारमा हिडेका प्रचण्ड कहिले घरदैलो त कहिले पत्रकारसम्मलेन र कहिले चुनावी सभामा व्यस्त छन् । बिहिबार मात्र उनले चितवनमा देशमा विकासको धक्का दिने आफ्नो अन्तिम चाहना/इच्छा रहेको बताएका छन् ।
बिहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने भन्दै गफ दिए । प्रचण्डले भने, ‘मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।’ उनले आफूहरुले समाजवादको लक्ष्यमा पुग्न चाहेको तर त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी रहेको पनि बताए ।
प्रचण्डले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गरे । वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दै प्रचण्डले आफूहरुले लोकतन्त्र मास्न नभई थप सुदृढ गर्न खोजेको बताए । पूर्वराजाका विषयमा कुनै टिप्पणी गर्न आवश्यक नरहेको भन्दै उनले निर्वाचन पछि प्रमुख कार्यकारीको विषय उठान हुने बताए ।
तर आफु कार्यकारी प्रमुख भएर ओलीलाई अध्यक्ष दिने सुरमा प्रचण्ड रहेको बुझिएको छ । यो विषयमा उनकै निकटतम नेताहरुको जिब्रो चिप्लिन्छ कहिलेकाहीँ । पार्टीसहित एमालेमा बिलिन हुने तयारीमा रहेका प्रचण्डले कार्यकारी राष्ट्रप्रमुखको लोभमा यस्तो काम उठाएको उनकै नेता कार्यकर्ता बताउछन । पछिल्लो समय एमालेसँग चुनाव जित्न मात्रै एकताको हल्ला गरेको भनेर टिप्पणी गर्नेहरुको पनि कमि छैन ।
प्रचण्डकै पुर्व सल्लाहकार तथा बरिष्ठ पत्रकार एवं लेखक नरेन्द्रजंग पिटरले केहीसमय अगाडी सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले-माओवादी एकता कुनै हालतमा नहुने बताएको थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्