×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा डेरा खोज्दै प्रचण्ड !

LAXMI SUNRISE BANK

चितवनमा डेरा खोज्दै प्रचण्ड !

२२ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन–३ बाट चुनाव लड्दैछन् । विगत केही हप्तादेखि उनी चुनावी सभामा व्यस्त छन् । उनको सुरक्षाको चाजोपाँजो मिलाउन सुरक्षाकर्मी व्यस्त देखिन्छन् भने अर्कातिर उनका कार्यकर्ता पनि चुनावी सभामा व्यस्त दखिएका छन् ।
उनीहरुलाई यति व्यस्तताले मात्र पुगेन अब । अर्को पनि समस्या आइपरेको छ त्यो हो प्रचण्डका लागि सुविधासम्पन्न सस्तो मूल्यको घर ।
राजनीतिमा लागेर पूर्णकालिन हुनुअघि बाबुबाट पाएको दुई विघा जग्गाका मालिक प्रचण्डले भूमिगतकालमा आफ्नो घरलगायत सबैजसो जग्गा बेचेकाले चितवन–३ को चुनावी प्रचारमा जाँदा कहाँ बस्ने भन्ने समस्या परेको छ । त्यसैले, उनलाई पायक पर्नेगरी डेराको खोजी भइरहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि १५ कार्तिकमा चितवन पुगेका प्रचण्डले पाँच दिन चितवनमा बिताएका थिए । शान्ति प्रक्रियामा आएपछि उनले चितवनलाई यतिधेरै समय दिएको पहिलो अवसर थियो यो । पाँच दिनको चितवन बसाईबाट उनले के अनुभव गरे भने, कम्तिमा चुनाव अवधिभरका लागि भएपनि आफ्नै छुट्टै डेरा चाहिने रहेछ ।
१५–२० कार्तिकसम्म चितवनमा रहँदा प्रचण्डले भरतपुर महानगरपालिकामा मेयर रहेकी छोरी रेणु दाहालको भरतपुर–१० स्थित डेरामा बिताएका थिए । तर चितवन–३ का उम्मेदवार रहेका प्रचण्डलाई त्यहाँ रहेर चुनावी अभियान सञ्चालन गर्न अप्ठेरो प¥यो । किनकि, त्यो ठाउँ चितवन–२ मा पर्छ ।
त्यसैले चितवन–३ मा उम्मेदवारी दर्तासँगै पायक ठाउँमा एमाले–माओवादी केन्द्रका नेता–कार्यकर्ताले डेरा खोजी गरे । सबैभन्दा पायक पर्ने गरी प्रचण्ड हुर्केको गाउँ शिवनगरलाई प्राथमिकता दिएर डेराको खोजी सुरुभयो ।
माओवादी केन्द्रका जिल्ला नेता द्रोण सिवाकोटीका अनुसार प्रचण्डका लागि डेरा खोज्न एमाले–माओवादी केन्द्रका कार्यकर्तामात्र होइन, शीर्ष नेतापनि खटिएका छन् । वामगठबन्धन चितवनका संयोजक छन्, माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री अमिक शेरचन । उनीपनि प्रचण्डलाई पायक पर्नेगरी डेरा खोजिरहेका छन् । तर भेटिएको छैन । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी