
काठमाडौँ – भोली प्रतिनिधि र प्रदेशसभा चुनाव अन्र्तगत मतदान हुने दिन ४५ जिल्लामा सार्वजनिक र निजी सवारी साधन चल्ने छैनन् ।
तर एयरपोर्ट आउजाउ गर्न आन्तरिक एवं बाह्य हवाई यात्रुका लागि नेपाल पर्यटन बोर्डले यातायातको ब्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ । सञ्चालन हुने बसहरुले एयरपोर्टदेखि उपत्यकाको विभिन्न होटलसम्म र होटलदेखि एयरपोर्टसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा उपलब्ध गराउनेछ ।
यात्रुहरुले सम्पर्कको लागि पर्यटक प्रहरीको टोल फ्री नम्बर ११४४ वा ०१–४२४७०४१ मा फोन गरेर रुट सम्बन्धि वा अन्य जानकारी लिन सकिनेछ । यातायात सेवा प्रयोगबापत यात्रुहरुले तीन सय रुपैयाँ तिर्नुपर्नेछ ।
बस सञ्चालन हुने यस प्रकारको छन्ः
रुट १ः एयरपोर्ट, एनएसी, न्यूरोड, होटल अन्नपूर्ण, होटल याक एण्ड यति, ठमेल चोक, लैनचोर चोक, होटल शंकर, एम्बेसडर होटल हुँदै एयरपोर्टसम्म
रुट २ः एयरपोर्ट, होटल र्याडिसन, होटल सांग्रिला, नारायण गोपाल चोक, महाराजगञ्ज चोक, हायात रेजेन्सी, चावहिल चोक, होटल द्वारिक हुँदै एयरपोर्टसम्म
रुट ३ः एयरपोर्ट, तीनकुने चोक, होटल एभरेष्ट, माइतीघर चोक, होटल हिमालय, होटल सोल्टी, होटल ग्राण्ड हुँदै एयरपोर्टसम्म
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्