
नेपाली कलाकारको रेट पनि ह्वात्तै बढिरहेको खबर आइरहेका बेला अनमोल केसीलाई एउटा फिल्मको लागि ५० लाखको अफर आएको खुलासा भएको छ । यसबारे मध्येपृष्ठमा आजको नयाँ पत्रिकाले फिचर छापेको छ ।
५० लाखको अफर आएको हो
केही समयअघि अभिनेत्री झरना थापाका निर्माता पति सुनीलकुमार थापा र वितरक मनोज राठीले अनमोललाई ५० लाख रुपैयाँ अफर गरेको समाचार आएको थियो । उनीहरूले नयाँ फिल्मका लागि अनमोललाई ५० लाख रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव राखेको, तर अनमोलले फिल्म खेल्न अस्वीकार गरेको कुराले निकै चर्चा पाएको थियो । त्यसबारे झरनाले आफूले अनमोललाई ५० लाख दिने अफर नगरेको भन्दै खण्डन गरेकी थिइन् । अनमोलले त्यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।
प्रेसमिटमा अनमोललाई सञ्चारकर्मीले त्यही प्रश्न तेस्र्याए । अनमोलले आफूलाई ५० लाख रुपैयाँको अफर आएको स्वीकार गरे । ‘म गसिपले होइन, कामले चिनिने इच्छा राख्छु । त्यसैले मैले काममा ध्यान दिएँ,’ उनले भने, ‘मलाई ५० लाखको अफर आएको हो । तर, म स्क्रिप्ट, टिम चित्त बुझे मात्र काम गर्छु । पैसाकै लागि काम गर्ने भए डेढ–दुई वर्षमा एउटा फिल्म किन खेल्थेँ ? म पैसाका पछि कहिल्यै लाग्दिनँ ।’ अनमोलले आफू थोरै होस्, तर गुणस्तरीय फिल्मका साथ आउन चाहने बताए ।
बुबासँग सल्लाह लिन्छु
अनमोलले आफूलाई फिल्मको अफर आइरहने भए पनि कथा, टिम चित्त बुझे मात्र कुरा अघि बढाउने गरेको बताए । अनमोलको उक्त कथनमा सञ्चारकर्मीले ‘तपार्इंलाई यो फिल्म खेल, यो नखेल, फलानोसँग काम गर, फलानोसँग नगर भनेर बाबुले हस्तक्षेप गर्ने गरेको सुनिन्छ नि । के तपाईं होम प्रोडक्सनमा मात्र सीमित हुन खोज्नुभएको हो’ भनेर प्रश्न गरे । अनमोलले ती सबै कुरा निराधार भएको बताए ।
‘मैले अहिलेसम्म पाँचवटा फिल्ममा अभिनय गरेको छु । पाँचमध्ये तीनवटा बाहिरी ब्यानर, निर्देशकका छन् । बुबा आबद्ध ड्रिम्स र कृ मात्रै त हो नि,’ उनले भने, ‘बुबासँग सल्लाहचाहिँ गर्छु । उहाँले मलाई कुनै कुरामा हस्तक्षेप गर्नुहुन्न । त्यत्ति कुरा यत्ति हो कि मलाई चित्त बुझनुपर्यो । चित्त बुझ्यो भने म जोसँग पनि काम गर्न तयार छु ।’
बाबु भुवनले पनि आफूले अनमोललाई फिल्मको मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने गरेको बताए । ‘उसलाई चित्त बुझ्यो भने काम गर्छ । मैले उसलाई कहिल्यै पनि यो फिल्म गर, यो नगर भनेर दबाब दिने गरेको छैन,’ उनले थपे, ‘तर, यत्ति हो कि म उसको बाबु मात्र नभई ऊभन्दा सिनियर कलाकार हुँ । त्यसैले उचित सुझाब–सल्लाह भने दिने गर्दछु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्